Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुदै

दोभानचौर खबर by दोभानचौर खबर
March 9, 2023
in अर्थ खबर, बाग्मती प्रदेश, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि फागुन २७ गते निर्वाचन हुदैछ । निर्वाचनमा दुई बेग्ला बेग्लै समुह यतिखेर चुनावी मैदानमा खडा भएका छन् । लोकतान्त्रिक समावेशी समूह वनाएर नविनकुमार थापामगरको प्यानल र नवराज ढुंगेलको अर्को प्यानल चुनावी प्रतिस्पर्धामा छ । आज कोसिस अनलाईनले लोकतान्त्रिक समावेशी समूहबाट अध्यक्षका उम्मेदवार नविन कुमार थापामगर संग आसन्न निर्वाचनमा केन्द्रीत रहेर केहि कुरा गर्ने जमर्को गरेको छ । आसन्न निर्वाचनमा केन्द्रीत भएर श्रेष्ठले थापामगर संग गरेको संक्षिप्त कुराकानी प्रश्तुत गरेका छौं ।

तपाई रामेछाप उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रत्यासी हुनु भएको छ । निर्वाचनको तयारी अवस्था कस्तो छ ?
म र हाम्रो टिम चुनावी अभियानमा छौं । प्रचार प्रसारलाई भरसक सवै व्यवसायीको घर दैलोमा पु¥याउनका लागि कोशिस गरीरहेका छौं । भर्खरै उत्तरी रामेछापको बाम्ती सम्मको प्रचार सकेर फर्केका छौं । जिल्लाको पश्चिमी क्षेत्रमा केहि दिन अघी पुगेका थियौं । अव जिल्ला सदरमुकाम केन्द्रीत प्रचार अभियान थालेका छौं । निर्वाचनको दिन नजिक आइरहेकोले सवै व्यवसायीको घर घरमा पुग्नु पर्ने चटारो हामीलाई छ ।
व्यवसायीको घरदैलोमा प्रचार लिएर पुग्दा कस्तो प्रतिक्रिया पाउनु भयो ?
म र हाम्रो टिमका साथिहरुलाई सदरमुकाम देखि ग्रामिण भेगमा व्यापार व्यवसाय गरेर रहनु भएका व्यवसायीहरुको अपार माया विश्वास र भरोसा रहेको पायौं । धेरै व्यवसायीहरुले हाम्रो टिमलाई स्वागत गर्दै भावि दिनको नेतृत्वका लागि शुभकामना पनि दिनु भएको छ । बर्षौ देखि व्यवसाय मार्फत जोडिएको सम्बन्धलाई अव संस्थागत नेतृत्वमा गास्नका लागि सवै व्यवसायीहरु आतुर भएको पायौं । सवैले विजयको शुभकामना दिनु भएको छ । सल्लाह सुझाव दिनुभएको छ । हाम्रा भावि योजना र रणनीतिहरु उद्योग वाणिज्य संघको संस्थागत र व्वसायीको हितमा भएको प्रतिक्रिया दिनु भएको छ । भोलीका दिनमा हामीले अघी सारेको योजना तथा प्रतिवद्धताहरुलाई पुरा गर्नुपर्ने दायित्व छ ।
उद्योग वाणिज्य संघको नेतृत्वमा आउनका लागि कस्ता रणनीति र प्रतिवद्धता अघी सार्नुभएको छ ?
हामीले निर्वाचनको दौरानमा विभिन्न २५ वटा बुँदाको प्रतिवद्धता सार्वजनिक गरीसकेका छौं । रामेछाप उद्योग वाणिज्य संघले विगतमा गर्दै आएका कामका अतिरीक्त केहि आकर्षक र व्यवसायीका लागि गर्नै पर्ने काम हामी नेतृत्वमा आएपछि गर्छौ भनेका छौ । जस्तो कि हाल सम्म कुनै पनि व्यवसायी÷व्यवसायको विमा गरीएको छैन । हामीले विमा गर्छौ भनेका छौं । कर भ्याट लगाएतका राज्यका विभिन्न कानुन र हिसाव राख्न नजानेर व्यवसायीहरु जरिवानाको चपेटामा पर्नुभएको छ । हामीले त्यस सम्बन्धि ज्ञान सिप तालिम दिलाउछौं भनेका छौं । बढ्दो व्याजदरका कारण व्यवसाय चौपटको अवस्था पुगेपछि व्यवसायीहरुले आत्मदाहनै गरेका घटना सार्वजनिक भइरहेका छन् । मान्छे व्यवसाय विग्रदा मर्नैपर्ने अवस्था अन्त्य गरी व्याजदर घटाएर वजारले धान्ने व्याजदर बनाउनका लागि पहल गर्ने भनेका छौं । घर भाडा महंगिएकोले व्यवसायीले तिर्न नसक्ने अवस्था छ । घरधनि संग वसेर कुरा गरी उपयुक्त भाडा वनाउनका लागि प्रयास गर्छौ भनेका छौं । उद्योग वाणिज्य संघमा हेल्पडेक्स, कर तिर्नका लागि काउण्टरको व्यवस्था गरी निशुूल्क रुपमा कर प्रविष्टी गरिने कुरा प्रतिवद्धतामा अघी सारेका छौं । व्यवसायीलाई पर्ने हरेक प्रकारका पिर मर्कामा सहयोगीको भूमिका निर्वाह गर्ने कुरालाई प्राथमिकता दिने कुरा हाम्रो उच्च प्राथमिकतामा पर्छ । हामीले बर्षौ देखि लड्दै आएको विपी राजमार्गमा ठुला ढुवानीका साधन गुडाउनका लागि पहल गर्छौ र वजारको पार्किङ, फुटपाथ व्यवस्थापन र सरसफाईलाई जोड दिनेछौं । जिल्लामा उत्पादित सामाग्रीहरु र कृषि तथा फलफुलको वजारीकरण अवस्था चिन्ताजनक रहेकोले त्यसका लागि। हामीले जितेको केहि दिन देखिनै योजना बनाएर काम गर्छौ । मेला महोत्सवको आयोजना नभएको धेरै समय भएको छ । मेला महोत्सवले जिल्लाका उत्पादनको बजार प्रर्वद्धनमा सहयोग पु¥याउने भएकाले भिन्न भिन्न खालको मेला महोत्सवको आयोजना गर्छौं । रामेछाप विमानस्थलबाट व्यवसायीक उडान गर्ने माग अघी सारेर स्थानीय स्तरमा व्यवसायको ढोका खोल्छौं । स्थानीय सरकार संग मिलेर पर्यटन पर्वद्धनको विकास गरी आगन्तुकलाई कम्तिमा १ दिन रामेछापमा वस्ने वातावरणको श्रृजना गर्छौ । हाम्रा व्यवसायीहरुलाई राज्यका कानुन र आफ्ना अधिकारका बारेमा चुस्त दुरुस्त राख्नु र उपभोक्ताको हित अनुकुलको व्यापार व्यवसाय गर्नुमा पहिलो कर्तव्य हो भन्ने कुराको अनुभुति गराउदै व्यवसाय प्रवद्र्धन गर्ने प्रयास गर्नेछौं । धेरै कुरा प्रतिवद्धतामा समेटिएका छन् । हामीले उठाएका र अघी सारेका कुरा पुरा गरेरै छोड्छौं ।
तपाई त लामो समय देखि उद्योग वाणिज्य संघको विभिन्न तहमा रहेर काम गर्दै आउनु भएको छ । त्यसैले पनि धेरै अनुभव पनि होला । तर तपाइका टिमका अरु व्यवसायीहरुले पनि प्रतिवद्धता पुरा गर्न तर्फ काम गर्छन भन्ने विश्वास छ तपाईमा रु
अवश्यै पनि । मैले धेरै लामो समय अर्थात करिव २१ बर्ष देखि अनवरत रामेछाप उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर काम गरेको छु । सदस्य देखि बरिष्ट उपाध्यक्ष सम्मको रुपमा काम गर्दा उद्योगी व्यवसायीको पिर मर्का राम्रो संग वुझेको छु । झोलामा रहेको संस्थालाई आधुनिक भवन सम्म पु¥याउने देखि प्रविधिमैत्री सचिवालय निर्माण हामीले गरीसकेका छौं । अव संस्थागत विकासको आवश्यकता छैन् । आउदा दिनमा व्यवसायीको हितमा गर्नुपर्ने काममा मात्र मेरो र टिमको समय खर्च हुनेछ । म पक्कै पनि प्रतिस्पर्धी भन्दा धेरै अनुभव संगालेको व्यवसायी हुँ । उमेरको नाताले होस या नेतृत्वदायि भूमिकाको नाताले होस, मैले उल्लेख्य समय व्यवसायीको पक्षमा खर्चेको छु । एउटा संस्थामा २१ बर्ष देखिको निरन्तर क्रियाशिलतानै मेरो अध्यक्ष पदको जितको आधार हो भन्ने म ठान्छु । राम्रो नेतृत्वकर्ताको भूमिका निभाउन अनुभव र उमेरले खारिएको पनि हुनुपर्दछ । हरेक संस्था नेतृत्वले कस्तो काम गर्छन् त्यहि अनुसार चल्छन् । विगतमा मैले उद्योग वाणिज्य संघमा सहायक नेतृत्व सम्म पाएँ । मुल नेतृत्व सम्हाने मौका पाएको छैन । संस्था हाक्ने मुल नेतृत्वले भएकोले यो पटक अध्यक्षको जिम्मेवारी लिनका लागि अघी सरेको हुँ । मैले नेतृत्व पाउने कुरामा सवै साथिभाइहरुले समर्थन तथा हौसला दिनुभएको छ र मलाई विश्वास छ, म अध्यक्षका लागि उपयुक्त र सक्षम पनि छु ।
बाँकी रह्यो मेरा टिममा रहेका साथिहरुको कुरा । मैले समावेशी टिम वनाएको छु । महिला, दलित, मधेसी लगाएतलाई अटाएको छु । टिममा रहेका साथिहरुले बर्षौ देखि रामेछापको भू भागमा व्यापार व्यवसाय गरी नागरीकको सेवा गरीरहनु भएको छ । उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर काम गर्ने साथिहरु पनि मेरो टिममा हुनुहुन्छ । जो नयाँ हुनुहुन्छ, उहाँहरु पनि संघलाई विगत देखि सहयोग गर्दै आउनुभएको साथिहरु हो । वरिष्ट उपाध्यक्ष, उपाध्यक्ष, महासचिव , कोषाध्यक्ष र सचिव पदका लागि अघी सारेका उम्मेदवारहरु धेरै अनुभवि हुनुहुन्छ । व्यवसायीको पिर मर्कालाई वुझ्ने र नेतृत्व लिएर अघी बढ्न सक्ने हैसियत राख्नुहुन्छ । सदस्यहरुको टिम उस्तै जागरुक र उर्जाशिल छ । हामीले सवै साथिहरुलाई मतदान गरी विजयी गराउनका लागि मतदातालाई आग्रह गरेका छौं । आशा छ, सवैले मेरो टिमलाई मतदान गरी नेतृत्वदायि भूमिकामा पु¥याउनुहुनेछ ।
तपाई निर्वाचित हुनुभयो भने व्यवसायीले अहिलेको अवस्थामा के फरक पाउछन् ?
मैले अघीनै भनिसकें । अहिले व्यवसायीहरु बैंक तथा वित्तिय संस्थाको चर्को व्याजदरको चपेटामा छन् । नेपाल उद्योग वाणिज्य महासंघ र राज्यका निकाय मार्फत हामी त्यस्ता समस्याको निदानको लागि डटेर काम गर्छौ । पिडामा रहेका व्यवसायीहरुलाई मनोसामाजिक मरापर्शको व्यवस्था गछौं । घरभाडा, विमा, दैविप्रकोपको क्षेत्रमा व्यवसायीहरुलाई सहयोग गर्छौ । व्यवसायका हित विरुद्ध हुने जुनसुकै क्रियाकलाप हाम्रा लागि सह्य हुदैनन् । व्यवसाय क्षेत्रमा हुने कुनैपनि अन्याय विरुद्ध हाम्रो बुलन्द आवाज हुनेछ । कुनै पनि व्यवसायी माथि राज्यले होस चाहे समाजले गर्ने थिचोमिचो हामी सहदैनौं । नेतृत्वमा पुग्ने वित्तिकै शासक हुने परम्पराको अन्त्य गरी नम्र, विनयशिल भई आफुलाई व्यवसायीनै रहेको भन्ने मनसाय राखेर व्यवसायीकै विचमा रही उहाँहरुकै सल्लाह र सुझाव लिएर काम गर्नेछौं । यहिनै हाम्रो फरकपन हुनेछ । सवै व्यवसायी साथिहरुलाई फेरी पनि अनुरोध छ, म र मेरो टिमका साथिहरुलाई मतदान गरि विजय गराईदिनुहुनेछ ।

Previous Post

दोलखामा विभिन्न कार्यक्रम गरी ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइयो

Next Post

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

RelatedPosts

राष्ट्रिय मगर संघ बाग्मति प्रदेशकाे दाेस्राे अधिबेशन सम्पन्न, अध्यक्षमा मगर
बाग्मती प्रदेश

राष्ट्रिय मगर संघ बाग्मति प्रदेशकाे दाेस्राे अधिबेशन सम्पन्न, अध्यक्षमा मगर

May 11, 2025
उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
खेलकुद

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

May 11, 2025
पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि
राजनीति

पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि

May 8, 2025
जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल
राजनीति

जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल

May 7, 2025
एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला
राजनीति

एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला

May 11, 2025
नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव
राजनीति

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

May 5, 2025
Next Post

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार