Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

दोभानचौर खबर by दोभानचौर खबर
March 9, 2023
in राजनीति
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter


मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्ने निर्वाचन आयोगले जनाएको छ ।

सङ्घीय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । ‘बिहान १० बजे देखी मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडेलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन्, तीन बजे पछि उपस्थित मतदाता भने मतदानबाट बञ्चित हुनेछन् ।ु

राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र बानेश्वर पठाइसकेको छ । मतपत्रमा स्वस्तिक बाहेक अन्य चिह्न लगाए वा ‘ठिक’ चिह्न लगाएमा मतपत्र बदर हुने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।

मतदान सम्पन्न भएपछि भोलि नै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी गरेको उनले बताए । निर्वाचन आचार संहिताका कारण गए रातिदेखि चुनाव प्रचार प्रसारमा रोक लागेको छ । मतदानका बेला मतदाताका रुपमा रहेका संघीय र प्रदेश सांसदले मतदान स्थलमा मोबाइल फोन प्रयोग गर्न नपाउने उनले बताए । निर्वाचनमा एक मतदान केन्द्रमा ७ जना कर्मचारी खटिनेछन् भने पर्याप्त मात्रामा सुरक्षाकर्मी खटिने उनले बताए ।

राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट पूर्वसभामुखसमेत रहिसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

Previous Post

रामेछाप उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुदै

Next Post

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार