काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो। तर, अनुसन्धान अझै केही दिन लाग्ने भएपछि उनीहरुलाई बुधबार पुनः म्याद थप गरिएको हो ।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृहसचिव टेकनारायण पाण्डेलगायत १४ जना पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।