काठमाडौं । तामाङ सेलो गीत ‘जेठीला माया आम्लोङ ताजी’ को भिडियो सार्वजनिक भएको छ । गायक रिजन थिङ र गायीका जितु लोप्चनको सुमधुर आवसमा आवाजमा रहेको उक्त गीत मंगलबार जोरपाटी स्थित ‘द स्हेनोर हाउस’मा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।
गीतको शब्द रचनाकार बिर बहादुर गोङ्बो हुन् भने संगीत सिजन थिङको रहेको छ । सरगम रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा अडियो एरेन्ज र मिक्सिङ भने अर्पण थिङले गरेका छन् ।
यस्तै, तामाङ चलचित्रका महानायक अमिर दोङको निर्देशन रहेको भिडियोका हेरुका लामा बलको कोरियोग्राफी रहेको छ । भिडियोको मुख्य भुमिकामा अमिर दोङ र नव मोडल अम्बालिका तामाङलाई देख्न सकिन्छ भने अतिथि कलाकारहरुमा हाँस्यकलाकार कुईसाङ रुम्बा, नायीका कृष्मा वाईबा, लुप्सि तामाङ, जिवन वाईबा र छेडुप तामाङ रहेका छन् ।
भिडियोको छायांकन, दृश्य सम्पादन, रंग संयोजन र ड्रोन अपरेटरको भुमिकामा त्रिलोक लामा रहेका छन् भने मेकअप आर्टिस्ट रेशम लामा रहेका छन् ।
गीतलाई रिपु योञ्जन अफिसियल युटुब च्यानबाट सार्वजनिक गरिएको छ । पारिवारिक यथार्थ कहानिमा बनेको उक्त गीतमा निक्कै ठट्यौली पाराले जुहरिको रुपमा शब्द रचना गरिएको छ । परिवारभित्र भएको दोस्रो विवाह र त्यसपछिको अवस्थालाई समेत उजागर गरेर शब्दहरु रचिएका छन् र ती शब्दहरुमा उत्तीकै मीठो तवरले संगीत भरीएको छ ।
नेपाल तामाङ कलाकार संघको केन्द्रिय अध्यक्ष, वरिष्ठ गायक तथा संगीतकार विश्व दोङको प्रमुख आतित्थ्यतामा भएको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका वरिष्ठ उपाध्यक्ष थुप्चेन ग्याल्बो मोक्तान, नायीका एवम् मिस तामाङका सि.इ.ओ.रन्जिता ब्लोन, राष्ट्रिय तामाङ कलाकार संघका महासचिव एवम् गायक तथा संगीतकार सानुबाबु घिसिङ, तामाङ पत्रकार संघको केन्द्रीय सदस्य मिलन कुमार लामा दोङ, गायक तथा लेखक शुभ लाल तामाङ, गायक तथा संगीतकार आस्मान लोप्चन, गायक अशोक लामा, तामाङ पत्रकार संघ बागमती प्रदेशकी सदस्य मायालु लामा लगायत अन्य थुप्रै कलाकार, गीतसंगीत प्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो ।