नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मिना खड्का पाण्डेको आज मंगलबार निधन भएको छ । रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं. ४ को बेथानमा जनमिएकी पाण्डे हाल काठमाडौको गौशलामा बस्दै आउनु भएको थियो । उहाँको गौशला स्थित आफ्नै निवासमा मृत्यू भएको पारिवारिक स्रोतले जनाएको छ । २००८ सालमा जन्मिनु भएको पाण्डेको ६७ वर्षको उमेरमा निधन भएको हो ।
सर्लाहीबाट प्रतिनिधित्व गर्दै संसदमा प्रवेश गर्नु भएकी पाण्डे पद्मकन्या क्याम्पस काठमाण्डौको संस्थापक सभापती हुन् ।पाण्डे महिला संघको पूर्व केन्द्रीय अध्यक्ष समेत भै सकेकी थिईन ।
जनमत संग्रहका बेला २०३५ सालमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघबाट उहाँले राजनीति सुरू गर्नुभएको हो।जनमत सङ्ग्रह पछि उहाँ एक वर्ष जेल पर्नुभएको थियो।
प्रजातन्त्र पुनस्थापना पछि भएका २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा उहाँ विजयी हुनुभएको थियो। उतिबेला उहाँ महिला, बालबालिका तथा समाजकल्याण मन्त्री पनि बन्नुभयो। देबकुमारी खड्का र भक्तबहादुर खड्काकी छोरी पाण्डे २०५६ सालको संसदीय निर्वाचनमा पराजित हुनुभएको थियो ।