Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपालमा गणतन्त्रको विकल्प छैन

दोभानचौर खबर by दोभानचौर खबर
May 30, 2023
in राजनीति खबर
0
नेपालमा गणतन्त्रको विकल्प छैन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मुलुकमा गणतन्त्र ल्याउन एक जुट भएका जनता तथा राजनीतिक दलहरू  गणतन्त्रको विरुद्धमा देखिन थालेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले बताएका छन् । यो चुनौतीलाई परास्त गर्न र गणतन्त्रलाई थप संस्थागत गर्न गणतन्त्रवादी दलहरू एक जुट हुनु पर्ने नेपालले बताएका हुन् । नेपालले गणतन्त्रको विकल्पमा अन्य कुनै पनि विकल्प नहुने भएकाले अहिलेकै व्यवस्थालाई थप मजबुद बनाएर जानु पर्नेमा जोड दिए । 
त्यस्तै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका आम नागरिकले समान रूपमा शासन गर्न पाउने पद्धति नै गणतन्त्रको सुन्दर पक्ष भएकाले यही पद्धतिको सबै अधिकार आम नागरिकले सहज रूपमा अनुभूति गर्न पाउने गरी गणतन्त्रको कार्यान्वयन गर्न सबै दल एक हुनु पर्ने बताए ।
गणतन्त्र स्थापना नेपालको इतिहासको एउटा महत्त्वपूर्ण घटनाको रूपमा रहेको बताउँदै रैतीबाट जनता बनाउने गणतन्त्र स्थापनाले मुलुकमा ठुलो परिवर्तन भएकोले गणतन्त्रलाई थप मजवुद बनाएर जानु पर्ने  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले भने – गणतन्त्रले बोकेका मर्म अनुरूप विकास हुँदै गएको भए पनि गणतन्त्रबाट जनताले अपेक्षा गरेका धेरै कुराहरू पूरा हुन नसकेको जनगुनासो आम नागरिकहरूले गर्न थालेको प्रतिक्रिया दिँदै जनगुनासोलाई सम्बोधन गर्न गणतन्त्रवादी राजनीतिक दलहरू एक हुनु पर्छ  । 
नेपालको गणतन्त्र निकै लामो सङ्घर्षबाट प्राप्त भएको पद्धति भएको बताउँदै नेपालका लागि यो भन्दा उत्तम पद्धति कुनै पनि नहुने नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले बताए । उनले भने-  गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा हुँदा पनि गणतन्त्रको बारेमा समाजलाई बुझाउन नसक्नु गणतन्त्र बादी दलहरूको कमजोरी भएको हो । अब गणतन्त्रलाई जनतासँग जोड्ने अभियान चलाउन आवश्यक छ  ।
मुलुकको विकास र प्रजातन्त्रलाई अगाडी बढाएर गणतन्त्रलाई संस्थागत गर्दै दलहरू अगाडि बढ्नु पर्ने पूर्व उपप्रधानमन्त्री समेत तथा गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजता कोइरालाले बताईन् । 
अन्तरक्रिया कार्यक्रममा पूर्व राज्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्याम कुमार श्रेष्ठ (कुशल), नेपाली काँग्रेस रामेछाप जिल्ला कार्य समितिका उपसभापति लेख बहादुर कार्की, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य झम्क कँडेल, नेकपा एमाले रामेछापका उपसचिव होतराज ढकाल, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, नेपाल रेडक्रस सोसाइटी रामेछापका मन्त्री दुर्गाबहादुर श्रेष्ठ, नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकी लगायतले गणतन्त्र स्थापनाको १५ वर्ष र गणतन्त्रमा देखिएका चुनौतीको बारेमा आफ्नो धारणा राख्दै गणतन्त्रलाई संस्थागत गर्न सबै एक जुट भएर लाग्नु पर्ने धारणा राखे ।
राजनीतिक दलहरूले गणतन्त्रलाई संस्थागत गर्न गणतन्त्रवादी दलहरू एक जुट हुनु पर्नेमा जोड दिएका छन् । १६ औँ गणतन्त्र दिवसको अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापले आयोजना गरेको गणतन्त्र र वर्तमान चुनौती विषयक अन्तरक्रियामा आफ्नो भनाई राख्ने क्रममा गणतन्त्रवादी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले मुलुकमा गणतन्त्र आएको डेढ दशक हुँदा पनि गणतन्त्र संस्थागत हुन नसक्दा गणतन्त्रमाथि चुनौतीहरू देखिएकाले चुनौतीहरूलाई सामना गर्न गणतन्त्रवादी दलहरू एक जुट हुनु पर्ने धारणा राखेका हुन् । 
गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दीपक खड्काले गणतन्त्र स्थापनाको १५ वर्ष हुँदा पनि आम नागरिकले गणतन्त्रको अनुभूति गर्न नसकेको प्रतिक्रिया दिँदै गणतन्त्रमाथि देखिएका चुनौतीलाई परास्त गर्न आवश्यक रहेकाले गणतन्त्र र वर्तमान चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए । 
गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दीपक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनकी उपाध्यक्ष खमला थापामगरले कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् । फाउण्डेशनको कार्य सम्पादन समितिको सदस्य कल्पना खड्का कार्कीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेकी थिइन् ।  
केन्द्रीय वक्ताहरूले भिडियो सन्देश मार्फत आ-आफ्नो भनाई राखेका थिए ।

Previous Post

मन्थलीको लक्ष्मी आलय स्टोर्सलाई २ लाख जरिवाना

Next Post

पुर्ब मन्त्री पाण्डेको निर्धन

RelatedPosts

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत
राजनीति

प्रतिनिधिसभा निर्वाचनः डडेल्धुराबाट देउवाको एकल नाम सिफारिस

December 11, 2025
निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि
राजनीति खबर

निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि

November 20, 2025
शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न
राजनीति

शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न

September 15, 2025
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय
राजनीति

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

September 14, 2025
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ
दाेभानचाैर आज

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ

September 7, 2025
नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक
राजनीति

नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक

September 4, 2025
Next Post
पुर्ब मन्त्री पाण्डेको निर्धन

पुर्ब मन्त्री पाण्डेको निर्धन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार