Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

औद्योगिकीकरणमा नयाँ शुरुआत : थप सात स्थानमा औद्योगिक ग्राम स्थापना हुने

दोभानचौर खबर by दोभानचौर खबर
June 30, 2023
in समाचार
0
औद्योगिकीकरणमा नयाँ शुरुआत : थप सात स्थानमा औद्योगिक ग्राम स्थापना हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुलुकमा औद्योगिक वातावरण बनाउने र नयाँ उद्योग स्थापना गर्ने लक्ष्यका साथ सरकारले थप विभिन्न सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ ।

थप औद्योगिक ग्राम स्थापना हुने स्थानमा कालीकोटाको रास्कोट, नरहरिनाथ, बाँकेको राप्तिसोनारी, पाल्पाको रम्भा, अर्घाखाँचीको शितगङ्गा, पर्साको जगरनाथपुर र बाराको महागढीमाई नगरपालिकामा रहेका छन् । यही असार १२ गतेको मन्त्रिपरिषद् बैठकले ती औद्यौगिक ग्राम स्थापना गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सार्वजनिक सडकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणापत्र अनुसार कानून तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै संयुक्त राष्ट्रसङ्घको आयोजनामा न्यूयोर्कमा आयोजना हुने दिगो विकासका लागि उच्चस्तरीय सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल गठन गरिएको छ ।

यस्तै, चीनको राजधानी बेइजिङमा आयोजना हुने विकास प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय अनुभव विषय सम्मेलनमा भाग लिनसमेत उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई नै स्वीकृत प्रदान गरिएको मन्त्री शर्माले बताउनुभयो ।

आगामी साउन ८ देखि १० सम्म संयुक्त अरब इमिरेट्सको अबुधावीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आईएसए०को क्षेत्रीय समितिको पाँचौँ बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिइएको छ ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माका अनुसार सरकारले रुपन्देहीको साविक खुदाबागर गाविसमा अवस्थित सरकारी जग्गा खुदाबागर आदर्श कलेजलाई लिजमा दिन स्वीकृति दिने तथा सिरहाको साविक लवटोली गाविसको जग्गा कर्जन्हा नगरपालिकालाई १५ शय्याको आधारभूत अस्पताल निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।

ललितपुरको साबिक झरुवाराशीको सरकारी जग्गा तथा सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति प्रदान गरिएको छ ।

जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम गुर्भाकोट नगरपालिका सुर्खेत, मङ्गला गाउँपालिका म्याग्दी, चैनपुर नगरपालिका सङ्खुवासभा, गुजरा नगरपालिका रौतहट, मुसिकोट नगरपालिका गुल्मी र मालिका गाउँपालिका म्याग्दीको परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिइएको छ ।

त्यस्तै बैठकले अजरबैजानको बाकुमा यही असार २० देखि २१ गतेसम्म आयोजना हुने असल राष्ट्रको मन्त्रिस्तरीय बैठक र असार १८ देखि १९ मा आयोजना हुने उच्च अधिकारीको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ ।

सरकारले यही असार २० देखि २२ गतेसम्म गणतन्त्र कोरियाको बुसानमा आयोजना हुने एक अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

त्यस्तै, सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सवारी तथा यातायात व्यवस्था ९नवौँ संशोधन० नियमावली, २०८० स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले उल्लेख गर्नुभयो ।

Previous Post

मुख्यमन्त्रीहरूको साझापत्रबारे संघीय सरकारमा छलफल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

Next Post

छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न आग्रह

RelatedPosts

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले  बगायो
समाचार

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले बगायो

July 8, 2025
बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता
समाचार

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

July 8, 2025
प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति
समाचार

प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति

July 7, 2025
 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ
बाग्मती प्रदेश

 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

July 7, 2025
सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे
समाचार

सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे

July 6, 2025
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या
प्रदेश १

भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या

July 6, 2025
Next Post
छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न आग्रह

छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार