काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप तीन जनालाई आइतबार पक्राउ गरेको हो ।
सीआईबीले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । पक्राउ परेका महर्जन नक्कली मोही हुन् भने भट्टराई काठमाडौं महानगरका अधिकृत हुन् । त्यस्तै कार्की पनि मालपोत कार्यालयका कर्मचारी हुन्। भट्टराई २०६० सालमा कमनापा–४ का वडासचिव थिए। कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए ।