Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

लम्पी स्किन रोग नियन्त्रणका लागि कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

दोभानचौर खबर by दोभानचौर खबर
July 4, 2023
in समाचार
0
लम्पी स्किन रोग नियन्त्रणका लागि कदम चाल्न प्रधानमन्त्रीको निर्देशन
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ ।

रोग नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यक चासो लिएका छन् । उनले कृषि तथा पशुपन्छीमन्त्री डा बेदुराम भुसाल र मन्त्रालयका उच्च अधिकारीलाई आवश्यक निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले प्रभावकारीरूपमा पशु स्वास्थ्यकर्मी परिचालन गर्न, खोप आपूर्ति बढाउन तथा तत्काल खोप लगाउनका लागि जनशक्तिको आवश्यक प्रबन्ध गर्नसमेत सम्बद्ध अधिकारीलाई स्पष्ट निर्देशन दिएका छन् ।

सरकारले हालसम्म सात लाख ३७ हजार डोज खोप आयात गरी सातै प्रदेशमा उपलब्ध गराएको छ । पशु सेवा विभागका अनुसार एक लाख ७२ हजार एक सय २८ पशु चौपायामा खोप लगाइसकिएको छ ।

महामारी नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा स्थानीय तहमा सङ्घीय सरकारले सःशर्त अनुदानअन्तर्गत रु एक लाखका दरले बजेट उपलब्ध गराइएको छ ।

विभागका महानिर्देशक डा सम्झनाकुमारी काफ्लेका अनुसार सङ्घीय सरकारले एक सय ६१ स्थानीय तहमा भेटेरिनरी डाक्टर र सबै स्थानीय तहमा प्राविधिकको व्यवस्थापनका लागि बजेट उपलब्ध गराएको छ ।

प्रदेश र स्थानीय तहसँग समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको छ । रोग रोकथाम तथा उपचारमा खटिने प्राविधिकका लागि प्राथमिक उपचारको जानकारीसहित सूचनामूलक सामग्री प्रकाशित र प्रसारित गरिएको छ ।

लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने र दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठा देखिन्छ । गिर्खा केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खा फुटेर घाउ हुने, किरा र औँसा पर्ने, नाकमुखभित्र, कल्चौँडा, थुनमा घाउ हुने, आँसु, ¥याल, सिँगान बग्ने, चिप्रा कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निनेजस्ता लक्षण देखिने महानिर्देशक काफ्लेले जानकारी दिइन् ।

उनका अनुसार सङ्क्रमित पशुमध्ये सामान्यतया एकदेखि तीन प्रतिशतसम्म पशु मर्न सक्ने र बिरामी पशुलाई स्याहारसुसार र प्राथमिक उपचार नपाएमा मृत्युदर बढ्न सक्छ । बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैँसी यस रोगका कारण मर्न सक्ने भएकाले विशेष ख्यालको आवश्यक रहेको महानिर्देशक काफ्लेको भनाइ छ ।

अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग युरोप हुँदै बङ्गलादेश, चीन तथा भारतमा देखापरेपश्चात् पहिलोपटक नेपालमा विसं २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकामा गाईमा देखा परेको थियो । रोग देखा परेपश्चातका सुरूका दुई वर्षमा यस रोगबाट १६ जिल्लाका २९ पालिकाका तीन हजार तीन सय एक पशु सङ्क्रमित भई १३ वटा पशु मरेका थिए ।

चालु आर्थिक वर्षमा लम्पी स्किन रोगको प्रकोप देशैभरि महामारीको रूपमा फैलिँदा मनाङबाहेकका सम्पूर्ण जिल्लामा रोग पुष्टि भएको विभागको भनाइ छ । गत चैतदेखि कोशी प्रदेशका केही जिल्लामा रोगको प्रकोप देखापरेको र क्रमशः अन्य प्रदेशमा फैलिई हालसम्म ७६ जिल्लामा पुष्टि भएको छ ।

यस रोगबाट कर्णाली, सुदूरपश्चिम, कोशी र लुम्बिनी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा बढी प्रभाव परेको विभागको भनाइ छ । हालसम्म प्राप्त तथ्याङ्कअनुसार सात लाख नौ हजार दुई सय तीन पशु सङ्क्रमित भएकामध्ये चार लाख ५३ हजार आठ सय १९ निको भएका छन् । यस्तै रोगबाट २५ हजार हजार सात सय ८२ पशु मरेका छन् । हाल दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित अवस्थामा छन् । सङ्क्रमणको दर क्रमशः घट्दै गइरहेको विभागको दाबी छ ।

यस रोगको महामारी नियन्त्रणका लागि पशु सेवा विभागबाट सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत पशु स्वास्थ्यकर्मी, निर्वाचित जनप्रतिनिधिलगायतका अन्य सरोकारवालासँग रोग रोकथाम तथा नियन्त्रणका लागि पटकपटक समन्वय र सहकार्य गरिएको महानिर्देशक काफ्लेले जानकारी दिइन् ।

विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको र सहसचिवको नेतृत्वमा प्रदेश र स्थानीय तहका सरोकारवालासँग समन्वय गर्न सातै प्रदेशमा टोली परिचालन गरिएको छ ।

सो टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमनसहित उपचार, प्राविधिक सल्लाह दिने कार्य गरेको छ । परिचालित टोलीले सबै प्रदेशमा थप समन्वय र सहकार्यका लागि प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेको छ । हाल रोगको प्रकोप देखिएका स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गरिएको छ ।

यस रोगको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधिहरू तथा खोप आपूर्तिका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहबाट आवश्यक कार्य भइरहेको छ ।

त्यस्तै, लामखुट्टे, झिङ्गा, किर्नालगायतका टोक्ने किराले यो रोग सार्ने हुँदा गोठ सफा राख्न, गोठ वरिपरिका पानीका खाल्डाखुल्डी पुर्न र गोठ निःसङ्क्रमण गर्न पशुधनीलाई विभागले अनुरोध गरेको छ । रोग देखा परेको क्षेत्रमा सङ्क्रमण हुनबाट बचाउन पशु स्वास्थ्यकर्मीहरूलाई प्राथमिक उपचारबारे जानकारी गराइएको छ ।

यो रोग नियन्त्रणका लागि विगत तीन महिनादेखि विभिन्न पैठारीकर्ताले खोप आपूर्ति गरिरहेका छन् । खोप आयातका लागि विभागमा आवेदन प्राप्त हुनासाथ तत्काल पैठारीको लागि अनुमति दिइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट विभिन्न विकास साझेदारसँग रोग रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि समन्वय गरिएको विभागको भनाइ छ । मन्त्रालयले चालु आर्थिक वर्षमा बचत हुने रकम रोग नियन्त्रणका लागि रकमान्तर गरी स्थानीय तहमा पठाउन अर्थ मन्त्रालयमा अनुरोध गरेको छ ।

दीर्घकालीनरूपमा यो रोग नियन्त्रणका लागि आवश्यक खोप नेपालमा नै उत्पादन गर्न अन्तर्राष्ट्रियस्तरमा समन्वय भइरहेको महानिर्देशक काफ्लेले जानकारी दिइन् । खोप उत्पादनका लागि आवश्यक सीड तथा प्रविधि भारतसँग माग गर्न उच्च राजनीतिकस्तरबाट कूटनीतिक पहल जरुरी रहेको विभागको ठहर छ ।

प्रभावित पशुको उपचार तथा सङ्क्रमण नभएका क्षेत्रमा ठूलो मात्रामा खोप लगाउन आवश्यक भएकाले सोको लागि सरकारीस्तरबाट बजेट व्यवस्थापन गरी रोग नियन्त्रण कार्य सञ्चालन आवश्यक छ ।

Previous Post

राष्ट्रपति उपचारका लागि भारत जाँदाको ५५ लाख भुक्तानीका लागि अर्थलाई परराष्ट्रको पचात्रार

Next Post

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद पुस मसान्तसम्म थप्ने सरकारको निर्णय

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद पुस मसान्तसम्म थप्ने सरकारको निर्णय

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद पुस मसान्तसम्म थप्ने सरकारको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार