Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एमालेले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन-गठबन्धन

दोभानचौर खबर by दोभानचौर खबर
July 6, 2023
in समाचार
0
एमालेले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन-गठबन्धन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ गठबन्धनले संसदीय मूल्य र मान्यताविपरीत गएर संसद अवरोध गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्षी दलको व्यवहार गैरराजनीतिक र असंसदीय रहेको ठहर गरेको छ ।

सामाजिक कुरीतिका बिरुद्ध रहेको मिटर ब्याजबाट आहात भएका नागरिकलाई राहत दिन सरकारले ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ असफल बनाई प्रतिपक्षले पीडितको विरुद्ध उभिएको निष्कर्षसमेत बैठकले गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्ष नेकपा एमालेलगायतका दलले बुधबार सदनमा देखाएको व्यवहार असंसदीय रहेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसदमा ‘फेस’ गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पोण्डेले जानकारी दिए ।

“प्रधानमन्त्रीले कुनै सन्दर्भमा बोलेको केही विषयमा कोही कसैलाई आपत्ति भए संसद्मा आवाज उठाउन पाइन्छ । तर, उहाँहरु (प्रतिपक्षी) ले जे गर्नुभयो त्यो निर्णय असंसदीय छ”, उनले भने ।

यस्तै बैठकले कोशी प्रदेशको मुख्यमन्त्री पदमा आज साँझ ५ बजेसम्म नेपाली कांग्रेसका नेता उद्धव थापालाई प्रस्ताव गने निर्णय गरेको छ । यसअघि नै गठबन्धनले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको सन्दर्भमा आज नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई समेत बोलाएर तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ ।

यसैगरी मिटरब्याजका सम्बन्धमा पनि आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउने सहमति भएको नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

“बुधबार एमालेलगायतका अवरोधका कारण पीडित जनतालाई राहत दिने अध्यादेश पारित हुन सकेन । अनावश्यक विषय उचालेर सदन अवरोध गरियो”, उनले भने, “त्यसलाई पनि शीघ्र अगाडि बढाउने र आवश्यक प्रक्रिया मिलाउने सहमति आजको बैठकमा भएको छ ।”

प्रमुख प्रतिपक्षलगायतका दलले के कति दिन सदन अवरोध गर्ने र किन गर्ने भन्ने विषयमा नेपाली जनतालाई पनि स्पष्ट जवाफ दिनुपर्ने एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेको भनाइ छ । प्रतिपक्षीलगायतका दल जनताको शोषण गर्ने मिटरब्याजीको पक्षमा उभिएको स्पष्टै देखिएको उनको भनाइ छ ।

माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेले प्रधानमन्त्रीको कुरा नै नसुनी एकोहोरोरुपमा राजीनामा माग्नु गलत भएको बताए । उनले भने, “प्रधानमन्त्रीले राजीनामा दिने कल्पना पनि गर्न सकिँदैन । प्रधानमन्त्रीले सदनमा आफ्ना कुरा राख्नुहुन्छ ।”

मिटरब्याज पीडितलाई न्याय दिनका लागि सरकार लागिपरेको तथा सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार दृढताका साथ अगाडि बढ्ने निर्णय आजको बैठकले गरेको पाण्डेले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतका शीर्ष नेताको सहभागिता थियो ।

Previous Post

आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती होः महामन्त्री शर्मा

Next Post

एसइई परीक्षाफल प्रकाशित,यसरी हेर्न सकिन्छ नतिजा

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

May 7, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
समाचार

अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज

May 5, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
Next Post
एसइई परीक्षाफल प्रकाशित,यसरी हेर्न सकिन्छ नतिजा

एसइई परीक्षाफल प्रकाशित,यसरी हेर्न सकिन्छ नतिजा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार