Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रदेशमा रहेका श्रीमानलाई घरदेशमा रहेकी श्रीमतिको पत्र

दोभानचौर खबर by दोभानचौर खबर
October 23, 2023
in बिचार
0
प्रदेशमा रहेका श्रीमानलाई घरदेशमा रहेकी श्रीमतिको पत्र
91
SHARES
212
VIEWS
Share on FacebookShare on Twitter

अस्मिता थापा।

सातसमुन्द्र पारिबाट मुटुभरिको माया हजुरलाई,
वह्माण्ड भरिको साहस र साथ हजुरलाई ।
खै कसरी शुरुवात गरौ मेरा यि भावानाहरु ? जहाँ शब्द शब्दमा भाबुक हुने कथाहरु छन्। पल पलमा कहानी बनेर थन्किएका छन् । पाइला पाइलामा भोगेका नमिठा तिर्सना छन । जसलाई समेटदा एउटा आर्टिकल होइन उपन्यास बन्छ। त्यैपनी म यही प्रत्रमार्फत मनमा मडारिएको नयास्रोलाई हजुरसामु पुराउन कोसिस गरेकी छु । यही शब्दमा हाम्रो संसार लेख्न खोज्छु ।यही शब्दमा हाम्रो प्रेमिल प्रेम पस्किन खोज्छु । सायद जून र तारा रातभरि रुन्छन् त्यसैले बिहानीपख शीत परेजस्तै । म पनि रातभर रुदा विहानीपख सिरानी भिजेको हुन्छ। के गर्ने पतिदेव जिन्दगीका वृत्त सङ्कीर्ण हुदा रहेछन् जसले गर्दा सघर्ष ठूला र प्राप्ति थोरै हुने। यस्तै छ पतिदेव हजुरलाइ नसम्झेको कुनै पल हुदैन तर विशेषगरी छोरीको बर्थ डे, हाम्रो विवाह यनिभर्सरी, हजुरको बर्थ डे मेरो बर्थ डे मा धेरै याद आउने गर्छ। चाडपर्व दसैं तिहार मा आउने धेरै यादले निदाउन दिदैन, सकुनले स्वाद फेर्न दिदैन। प्रिय पतिदेव हाम्रा यस्ता कयौन पर्व छुटे क्यौन बिशेष दिन छुटे । सगैँ मनाउने र रमाउने आसमा क्यौन दिन बिते, महिना बिते, वर्ष बिते तर अझै आएन है घरदेशि र परदेशिले सगैँ बसेर मनाउने दिन। अझै कति आकाशमा जुन हरु गन्दै रात कटाउन पर्नी हो? अझै कति रातमा एकले अर्कालाई सम्झदै सिरानी भिजाउनु पर्ने हो? यसको यकिन जवाफ न त हजुरसगँ छ न त स्वयम् म सगँ। यसमा त हामी मौन रहन सक्छौं तर प्रिय हाम्रो प्रेमको निशानी सानीका प्रश्नले न त मौन बस्न दिन्छ न त पुरा नै गर्न दिन्छ यो परिस्थिति । यो कस्तो परिस्थिति प्रिय सानीले स्कुलमा उस्का साथिहरुलाइ बाबा लिन आउदा भन्ने गर्छौ मामु मेरो पनि बाबा आउनु हुन्छ नि है भोलि भनेर । तर म भन्ने गर्छु म आउछु नी छोरी तिम्रो बाबा विदेशमा हुनुहुन्छ भनेर समझाउन खोज्दा पनि उ मान्दिन। आउनुहुन्छ भनन मामु भन्छे। यसरी यथार्थलाई छोडेर शब्दमा भएनी मन बुझाउन बाध्य छे सानी। सानी जस्तै परदेसीका सन्तानलाई बाबा भनेकै आजकल फेसबुक म्यासेन्जर एप बनेको छ। यसैगरी अब हिन्दुहरुको महान पर्व दसैं नजिकिँदै गर्दापनि उसका प्रश्नहरु बारम्बार म सामु खडा हुन्छन् । मामु दसैंमा बाबा आउनुहुन्छ भन्ने गर्छे म आउनु हुदेन नी छोरी भन्दा पनि उसको उत्सुकता र बाबा पर्तिको मायाको भावले उत्पन्न भएका सब्दहरुले मेरो गला गानिन्छ। म अक्क न बल्ल पर्छु। यसैगरी भ्यालेन्टाइन्स डे आउछ। यो हाम्रो कुनै पर्व होइन भन्दा पनि जबर्जस्ती यी नयनहरुमा युगल जोडीको जमातको प्रतिबिम्ब पर्छ र उत्तिकै दुखी बनाउछ। र कोर्ने गर्छु केही शब्दहरु यसरी
खै कसरी पोखु म मनभित्र बहकिएका मेरा यी भावनाहर? जब हजुरको उपस्थित नै यहाँ छैन भने!
खै कसरी स्पश गरु म यी रङ्गीन गुलाबका फूलहर? जब यहाँ चुम्ने हजुरका सुकोमल हातहरु नै छैनन् भने!
खै कसरी हिड्न सकु म यो युगल जोडीको जमातम? जब म लढदा मेरो हात समाउने हजुरको साथ नै यहाँ छैन भने!
तैपनि नचिम्लीएका यि नयनहरुलाइ चिम्लाएर रंगिन दुनियामा रमाइरहेका हजारौ जोडिहरुको भिडमा एक्लो आभास गर्दै हजुरलाई हृदयदेखिनै सम्झदै छु। सधै नै भन्ने गर्छु हजुरसामु मेरो एउटै पुकार ,जिन्दगीको अन्तिम चरण सम्म हजुरको
अर्धाङ्गिनी बनेर आफ्नो कर्तव्य पुरा गर्न सकू, हाम्रो हरेकदिन प्रेमिल बनोस ,प्रेम दिवसको प्रेममय शुभकामना पतिदेव!
पतिदेव यसरी हामी कति फेसबुकका भित्ताहरु रग्गाउने हो एक अर्कालाई सम्झदै? अझै कति कल्पनाको संसारमा रहरका सपनाहरु सझाउने हो? अझै कति न्यानो आभास बाट अलगिएर कठग्यारिदा पल हरु छुट्टै बिताउने हो? यस्तै यस्तै प्रश्नले मेरो मन घोत्लिरहन्छ पतिदेव । विभिन्न बुहारी ग्रुप पेजहरुमा देख्ने गर्छु सबैभन्दा नरमाइलो चाडपर्व त विहे पछिको भनेर पोस्टाएका हुन्छन् केही दिदीबहिनी हरुले। त्यसमा मेरोपनि सहमति हुन्छ साचिच्कै हो रहेछ पतिदेव सबैभन्दा खल्लो पर्व प्रदेशिका श्रीमती परिवारलाइ हुदो रहेछ । चाडबाड नजिकिदै गर्दा खुसी हुने बालापनको त्यो खुसी खै कता हराएर जाने रहेछ। त्यसैले हरेक आमाले पुकारछिन होला, मुटुभन्दा प्यारो सन्तान कोही स्वदेश र कोही प्रदेश नहोस् भनेर । तर के गर्ने समाज राष्ट्रमा व्याप्त विभेद, भष्ट्र नेता, गरिबी आर्थिक अभावको कारण आज हजुरमात्र हैन लाखौं युवा विदेशिएका छन् जसले गर्दा देश युवाविहिन हुन थालेको छ। के गर्नु पतिदेव गरिबको चपेटामा परेपछि सर्वसाधारण जनता उपचार नपाएर जीवन गुमाउन बाध्य छन् । तर यहीँ देशका धनी नेताहरु सामान्य टाउको पेट दुख्दा पनि लाखौं रुपैयाँ खर्च गरेर विदेशमा उपचार गर्न जान्छन् । तर जनता सामान्य उपचार नपाएर तडपिरहेका छन्। यतिमात्र होइन एकछिन पैसा नहुदा गरीबको चिसो चूको बल्दैन। छोराछोरीको फि तिर्न नसक्ने, मन लागेको सामान किनेर खान नसक्ने हुन्छ। त्यसैगरी केही ठुलो रोग लागे उपचारको लागि भिखसरी डोनेसन माग्न पर्ने । कोही देश फर्केर केहि अनुदान रिण धन गरेर कृषि गर्दा पनी उत्पादन गरेको वस्तुको बजार भाऊ नपाउने। त्यसैगरी कोजी मजदुर भोकभोकै सडक पेटी मर्ने गरेको पाइन्छ ।कोही डिग्रीका २/३ टा सटिफिकेट हरु बोकेर हिड्दापनि जब नपाएर खाडि धाउन बाध्य अबस्थाले हजुर जस्तै थुप्रै परिवारका सदस्य विदेश जान बाध्य छन्। त्यसैले पतिदेव घरि घरि यही हेरेर मन वुझाउछु, म जस्ता लाखौं परदेशीका परिवारहरु यो दर्दनाक र कारुणिक बेदनाले छटपटि रहेका छन्। वास्तवमा यो हाम्रो बेदना त केवल प्रतिनिधि घटनामात्र हो सम्रग नेपालीको तितो सत्य यस्तै छ। त्यसैले यहाँ विशेष दिनहरुमा न कुनै हर्ष न कुनै उमग हुने गर्छ ।त्यहाँ हजुरलाई पनि त्यस्तै भएको होला। धानका बाला झुल्दा शुलेल्दा पनि लाग्दो हो मलाइ यो धानका बालाले पनि घर जा भनेको होला भनेर। नेपाली गितहरु सुन्दा परिवार,गाउँघर र उकालो उरालो गरेका भन्ज्याङ चौतारीको यादले सताउने । विरामी पर्दा श्रीमतीले तातो पानी तताएर कहिले होला दिने भन्ने सम्झिने । तर के गर्ने पतिदेब बाध्यताको जन्जिरभित्र परेपछि क्यौन इच्छाहरुलाई आभुति दिनुबाहेक केहि बिकल्प नहुदो रहेछ । आजपनि उस्तै छ प्रदेश जाने लहर बयस्क देखि वृर्दासम्मको । अस्ति भर्खरै काइली फूपुका ३ अोटी मात्रै छोरी जापान, अष्ट्रेलिया र क्यानडा उडे। उनीहरु उडेसगैँ फुपुका खुसीहरु उडे । घरि घरि रसाउछन् फुपुका नयनहरु छोरीहरु हुदा केही गर्नु परेन अब सबै छोरी प्रदेश लागे उनीहरुका खुसीका पलका खुडकिला चडे मेरा दुखका खुडकिला अगाडि बडे भन्दै गन्थन गर्नुहुन्छ फूपु। के गर्नु पतिदेव घोर्रिएर सोच्नुभन्दा यस्तै यस्तै कुरामा मन बुझाउनु सिबाय केही हुदो रहेनछ । तर पर्खाइको अन्त्यमा मेहनतको फल र समस्याको हल ढिलै किन नहोस् प्राप्त हुन्छ हुन्छ भन्नेमा विश्वस्त छु। प्रिय यहाँ त दसैं छाइसक्यो, घरआगनमै आइसक्यो। तर आकाशमा पहिला जस्तो चङ्गाको चहचह छैन सायद चङ्गा उडाउनेहरु स्वयम् जहाजमा उडेर प्रदेश प्रस्थान गरेर होला। घर टोलहरु सफा चिट्ट मण्पमा राखेकी बेहुली जस्तै सजिएका छन्। कसैका घरमा प्रदेशि भित्रिएका छन् कसैका घरमा प्रदेशिकै समझनामा घर झिलमिल तर मन तिरमिर भै राखेका छन्।कसैका घरमा खसी ढालेका छन्, कसैका घरमा कुखुरा तर कसैका घरमा छाक टार्न मुस्किल छ यो कस्तो दसैं हो पतिदेव? कसैका लागि दसैं कसैको लागि दसा। परदेशिको भएको एउटा परिवार पनि सगैँ बस्न नपाइने आखिर पैसा नै त रहेछ सबैथोक ।होइन भनौ भने पैसाकै कारण त हजुर हामी भन्दा टाढा हुनुहुन्छ आज ।

हामी स्वदेशमै निरीह बन्न बाध्य छौ तर कम्तीमा म सगँ साथमा छोरी छ तर हजुर हजुरको साथमा हामी छैनौं । स्वदेशमा रहेका परिवारको पोल्टामा खुसीका बाछिटाहरु पार्न अब हजुर जस्ता लाखौं परिवार विदेशिन नपरोस यही कामना गर्छु।छिटै स्वदेश फर्कने वातावरण मिलोस र विधमान शोषणमुलक व्यवस्था लाई हटाएर आफ्नै राष्ट्रमा स्वाभिमान सहित सगैँ बस्न पाइयोस्। शिक्षा र स्वास्थ्यमा सहजता होस् यत्तिमात्र भएपनि लाखौं सन्तान हरु विदेश धाउन बाध्य हुने थिएन। विदेशमा पोखने पसिना आफ्नै देशमा सृजित हुने वातावरण सरकारले तय गरोस् साथै युवाहरुपनि एकजुट भएर लागुन। आशाको दियो वलिरहेकै छ पतिदेव अब आउने चाडपर्वमा हामी सगैँ रमाउने छौं ।
उही हजुरकी प्यारी अर्धाङ्गीनी

Previous Post

सुष्मा र आकृतिको मौलिक दसैँ

Next Post

राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका तथा जमरा

RelatedPosts

मनोरोगलाई पहिचान गरौं र उपचारमा ध्यान दिँउ
बिचार

मनोरोगलाई पहिचान गरौं र उपचारमा ध्यान दिँउ

October 26, 2024
बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटोले लिपेपछी दशै आउथ्यो
बिचार

बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटोले लिपेपछी दशै आउथ्यो

October 13, 2024
हेफरले किसानको खोर रित्तियो
बिचार

हेफरले किसानको खोर रित्तियो

June 19, 2024
चरिमाई पुस्तक हातमा पर्दा जति खुशी म कहिल्यै भएको थिइन्
बिचार

चरिमाई पुस्तक हातमा पर्दा जति खुशी म कहिल्यै भएको थिइन्

May 7, 2024
कसरी प्राप्त गर्ने त अपाङ्गता परिचयपत्र
बिचार

कसरी प्राप्त गर्ने त अपाङ्गता परिचयपत्र

March 31, 2024
एक सय बच्चाकी आमा “ज्योति दिदी”
बिचार

एक सय बच्चाकी आमा “ज्योति दिदी”

February 20, 2024
Next Post
राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका तथा जमरा

राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका तथा जमरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार