सरस्वती पौडेल
भरतपुर ५, चितवन
म बाट हजुर ,मलाई बजार थाहा छैन,
गाउँकि गाग्री हुँ, सहरको इनार थाहा छैन।
सुटुक्क आयो र खुसुक्क निस्केर गयो ,
अहो!ठमेल ,तेरो कारोबार थाहा छैन।
के थियो पर्दा भित्र भ्रममा थियो दुनियाँ ,
कसरी पुछियो अधरको शृङ्गार थाहा छैन।
लम्बाइ मिल्दैन घरी ,चौडाइ मिल्दैन घरी,
मलाई मेरै मनको यो आकार थाहा छैन।
घाउ देखिदैन कुनै, दुख्नै छोडदैन फेरि ,
धेरै दिन भयो छातीको बिमार थाहा छैन।