यहाँ छैन कुनै कुराको जरुरत मलाई
भो दिन छाड्दिनुस् हिम्मत मलाई
लाजसरम् मैले बेचेर खाएको छु
अरे!!पच्दैन यस्तो इज्जत मलाई
जब जिन्दगी यसै कट्छ थाहा पाए
अल्छीपनको लागेकोछ लत मलाई
राम भएर हनुमान भएर के गर्नु छ
कहाँ उठाउनु छ सुमेरु पर्वत मलाई
नक्साबिहिन नाउ जस्तै भएको छु
नसम्झाउनु के मेरो मक्सत मलाई
सुतेको छु जिन्दगीका घोडाहरु बेचेर
बिँउझ्याउन जरुरी छैन् हरबक्त मलाई
- समिन बरुवाल