कहिले आगो त कहिले पानी सहनुपर्छ।
थाहा भएर पनि दु:ख जानीजानी सहनुपर्छ।
यो जिन्दगी फुल्न सक्दैन अब कहिल्यै पनि।
फुलोस् कसरी पीडा आफ्नै ठानी सहनुपर्छ ।
यी निर्दोष आँखामा दुश्मनी देखेको तिमीले।
सोच्ने गर्थ्यौ होला मैले नोक्सानी सहनुपर्छ।
आखिर, जिन्दगी रहर लागेसम्म बाँच्ने नै हो।
तर के गर्नु नमरेसम्म तिम्रो हेप्ने बानी सहनुपर्छ।
यदि, जिन्दगीभर म तिम्रै यादमा बाँचिरहे भने।
थाहा छ सधैं मैले तिम्रो मनोमानी सहनुपर्छ।
-विभुश्री भन्तना