काठमाडौं -न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि असाेज १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आइपीओ दर्ता प्रक्रियाको लागि शेयर रजिष्टार चयन भएको छ ।
कम्पनीले शुक्रवार शेयर रजिष्टारमा एनएमबी क्यापिटल चयन भएको छ । यो सँगै अर्को साता सम्ममा कपनिको शेयर दर्ता भई कारोबार हुने अपेक्षा गर्न सकिन्छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको हो । बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।