Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

निःशुल्क उपचारबाट खुशी जलनपीडितले स्वास्थ्य मन्त्री पौडेललाई दिए धन्यवाद

दोभानचौर खबर by दोभानचौर खबर
November 15, 2024
in शिक्षा र स्वास्थ्य खबर
0
निःशुल्क उपचारबाट खुशी जलनपीडितले स्वास्थ्य मन्त्री पौडेललाई दिए धन्यवाद
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंः पीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरिदिएको भन्दै जलनपीडितहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन् ।

मन्त्रालयमा गएका जलन उपचार अभियन्ता उज्वलविक्रम थापा, सांसद विन्द्यवासिनी कंशकारसहितका जलनपीडितहरुले विगतमा पटक पटक उठाउँदै आए पनि जलनपीडितका पक्षमा महत्वपूर्ण निर्णय गरेको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिए ।

आफैं जलनपीडित सांसद कंशाकारले भनिन्, ‘विगतमा मैले धेरै स्वास्थ्य मन्त्रीसँग भेटेर कुरा गरें । संसदमा प्रस्ताव पनि दर्ता गराएँ । तर सुनुवाइ भएको थिएन । तर, अहिले स्वास्थ्य मन्त्रीज्यूले हामीले लामो समयदेखि उठाएको जलनपीडितका पक्षमा निर्णय गरिदनुभयो । यहाँलाई धन्यवाद ।’

जलन पीडितको उपचारका पक्षमा आवाज उठाउँदै आएका अभियन्ता थापाले समस्या धेरै भए पनि अहिले नसक्नेका लागि निःशुल्क उपचार र जलन वार्ड विस्तार महत्वपूर्ण निर्णय भएको बताए । ‘अहिलेसम्म कसैले सम्बोधन नगरेको विषयमा चाँडै नै मन्त्रीज्यूले गर्नुभएको निर्णय महत्वपूर्ण छ,’ उनले भने, ‘अब जलनका घटना नहुन् भनेर सजगता अपनाउन ध्यानाकर्षण गर्दछु ।’

उनले रसायन प्रयोग गर्ने सुनचाँदी लगायतका प्रतिष्ठानका कर्मचारीको बिमा गराउन सकिए एसिड दुर्घटना हुँदा राहत पुग्ने बताए ।
तनहुँका श्याममणि आचार्यले आफू जलनको पीडामा हुँदा विगतमा पनि मन्त्री पौडेलले साथ दिएको स्मरण गर्दै अहिले भएको निःशुल्क उपचारको निर्णय उदाहरणीय भएको बताए ।

झापाकी जलनपीडित ज्योति हरिजनले भोग्नेलाई मात्र पीडा थाहा हुने भन्दै अब महँगो कस्मेटिकलगायतका उपचारको शुल्क घटाउन पहल हुने आशा गरिन् ।
मन्त्री पौडेलले आफूले नेता चन्द्र भण्डारीदेखि धेरै पीडितको समस्या देखेको भन्दै भोली कसैले आर्थिक अभावमै ज्यान गुमाउनु वा अंगभंग हुन नपरोस् भनेर निःशुल्क उपचार तथा जलन वार्ड विस्तार गरिएको बताए । ‘मैले उपचार अभाव तथा ढिलाइ भएका धेरैको पीडा आफूले नभोगे पनि देखेको छु,’ उनले भने, ‘यी समस्या समाधान गर्न बजेटमा नपरे पनि  पनि आन्तरिक श्रोतबाट व्यवस्थापन गरेर उपचार सातै प्रदेशमा अनि नसक्नेलाई निःशुल्क बनाएका हौं ।’

उनले अब विद्युतका कारण हुने जलनमा विद्युत प्राधिकरणबाट उपचार वा बीमाका सम्बन्धमा के गर्न सकिन्छ भनेर लागिरहेको बताए । मन्त्री पौडेलले कस्मेटिक उपचारमा महँगो शुल्क भन्ने गुनासो समाधान गर्नसमेत अनुगमन र नियमन गर्ने बताए ।

Previous Post

प्रधानमन्त्री ओली जुम्ला जानुहुँदै

Next Post

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता  

RelatedPosts

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव
शिक्षा र स्वास्थ्य खबर

बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव

April 21, 2026
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी
शिक्षा र स्वास्थ्य खबर

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

April 17, 2026
बीमा सेवा अवरुद्ध गर्ने अस्पताललाई बोर्डको चेतावनी
शिक्षा र स्वास्थ्य खबर

बीमा सेवा अवरुद्ध गर्ने अस्पताललाई बोर्डको चेतावनी

March 31, 2026
विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
शिक्षा र स्वास्थ्य खबर

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

March 24, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
Next Post
कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता  

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता  

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार