सिन्धुली। सिन्धुलीको सुनकोसी गाउँपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । गाँउपालिकाको आर्थिक सहयोग, पुरानो झाँगाझोली रेडक्रस उपशाखा वडा नम्बर ५ को आयोजना तथा जिल्ला रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोगमा संचालन भएको रक्तदान कार्यक्रम आज (सोमबार) सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका कर्मचारी, शिक्षकहरु, लक्ष्मी सनराइज वैंकका कर्मचारी लगायत स्थानीयहरु गरि जम्मा २८ जनाले रक्तदान गरेका थिए ।
जिल्ला अस्पताल सिन्धुलीको बल्ड बैंकमा रगत संकलनको अवस्था कम हुदैँ गएको समयमा आकस्मिक रुपमा आयोजना भएको रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्ने सम्पुर्णलाई गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले धन्यवाद व्यक्त गर्नुभयो ।