Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

दोभानचौर खबर by दोभानचौर खबर
November 18, 2024
in दाेभानचाैर आज
0
पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ, ३ मङ्सिरः पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सञ्चारमन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सोमबार पशुपति आर्यघाटमा पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिरः विमलबहादुर बिष्ट÷रासस

2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय  सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उहाँका छोराहरुले दागबत्ती दिनुभयो ।

पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुग्नुभएको थियो ।

अस्पतालमा निधन हुनासाथ ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएकामा आजै बिहान ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइ उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रधानमन्त्री, सभामुख, नेपाली कांग्रेसका सभापतिसहित विभिन्न राजनीतिक दलका नेता सानो गौचरन पुगेर उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नुभयो । नेपाल सरकारले आजै उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उहाँको योगदानको सम्मान गर्दै सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।

नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आउनुभएका उहाँ संविधान तथा कानुनका ज्ञाता हुनुहुन्थ्यो । 

विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँ प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उहाँले ठूलो योगदान छ । विसं २०४७ को संविधान निर्माणका लागि गठित आयोगको सदस्यसमेत रहनुभएका ढुङगाना मुलुकमा अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै सङ्घीयतालाई सबल बनाउन वर्तमान संविधान संशोधनका लागि कानुनका ज्ञाता र राजनीतिक व्यक्तित्वसँग छलफल चलाउँदै आउनुभएको थियो ।

Previous Post

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

Next Post

सिन्धुलीको सुनकोसी गाउँपालिकामा रक्तदान कार्यक्रमको आयोजना

RelatedPosts

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
Next Post
सिन्धुलीको सुनकोसी गाउँपालिकामा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुलीको सुनकोसी गाउँपालिकामा रक्तदान कार्यक्रमको आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार