बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री हरिप्रभा खड्कीले चितवनस्थित बछौली माध्यमिक बिधालयको बुधबार अवलोकन गरेकी छिन। अवलोकनको क्रममा अबको शिक्षा पढाइ होइन सिकाइ हो भन्दै मन्त्री खड्कीले बालबालिकालाई सिकाइमा रुपान्तरण गर्न शिक्षकलाई अनुरोध गरिन।
बिधालय अवलोकनमा पुगेकी मन्त्रीले बिज्ञान र प्रबिधिलाई ध्यान दिन समेत निर्देशन दिएकी छिन।उनिले शिक्षकहरूलाई निर्देशन दिदै भनिन् ; अबको शिक्षा उत्पादनमा जोडिनु पर्छ, त्यसका लागी मन्त्रालयले सहकार्य गर्दै आएको छ। सिक्दै कमाउदै कार्यक्रममा सहभागी हुन शिक्षकलाई मन्त्री खड्कीले आग्रह समेत गरिन।
सो क्रममा उनिले पहिला भन्दा अहिले सामुदायिक बिधालयमा गुणस्तर हुन थालेको र अझ शिक्षकहरुके अन्य क्रियाकलाप छाडे शिक्षा क्षेत्र उत्कृष्ट हुने बिश्वास ब्यक्त गरेकी छन। सामुदायिक बिधालयलाई सहयोग गर्न स्थानीय सरकार सकारात्मक हुनुपर्छ भन्दै मन्त्री खड्कीले सामुदायिक बिधालयको हकमा प्रदेश सरकार सदैब सकारात्मक रहेको बताइन् ।