मन्थली । रामेछापको मन्थली नगरपालिकास्थित नगर अस्पतालमा बिरामीको चाप बढे सँगै अस्पताललाई स्तर उन्नतिको आवस्यकता रहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले वताएका छन ।
बिहिबार मन्थली पुगेका मन्त्री लामिछानेले अस्पताल अनुगमन गर्ने क्रममा सो कुरा बताएका हुन् । उनले अस्पतालमा रहेका विरामी भेट गर्नुका साथै उपचारका बारेमा समेत जानकारी लिएका छन । अस्पताल निरीक्षण पछि मन्त्री लामिछानेले स्थानीय निकायले चाहेमा काम गर्न सक्छन् भन्ने उदाहरण मन्थली अस्पताल संचालनबाट देखिएको वताए ।
लामिछानेले प्रदेश सरकार सँग सिमित स्रोत साधनको भरमा धेरै काम गर्नु पर्ने अवस्था रहेको भएपनि मन्थलीमा अस्पताललाई कुनै अभाव हुन नदिने वताए । प्रदेश सरकारले स्वास्थ्य र शिक्षामा लगानी गर्ने निती अख्तियार गरेको वताउदै मन्त्री लामिछानेले चाडै नै प्रदेश अस्पताल संचालन गर्ने बारेमा निर्णय गर्ने वताए ।
बागमती प्रदेश सभा उध्योग,पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश सरकारले बजेट बक्तव्य मार्फत घोषणा गरेको प्रदेश अस्पताल कार्यान्वयनमा नआएकोमा नागरिक सँग जवाफ दिन कठिन भएको ले तत्काल निर्णय कार्वान्वयनमा ल्याउनका लागि पहल गर्न आग्रह गरे । मन्त्री सँगै अस्पताल पुगेका सभापति श्रेष्ठले मन्थली अस्पताल प्रादेशिक हुने हो भने जिल्लाभर मात्र नभएर दोलखा र ओखलढुंगाका नागरिकले पनि सुबिधा पाउने कुराको जानकारी गराए ।
मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले बागमती प्रदेश सरकार सँग नगरपालिकाले साझेदारी गर्न समेत तयार रहेको उल्लेख गरे । औपचारिक कुराकानीमा नगर प्रमुख श्रेष्ठले साझेदारीको आधारमा लगानीमा अस्पतालको संचालनका लागि काम गर्न नगरपालिका तयार रहेको छ।
मन्थली नगरपालिकाद्वारा संचालन हुदै आएको १५ सैयाको मन्थली अस्पतालमा विरामीको अत्याधिक चाप रहेको छ । आँखा दाँत फिजियोथेरापी लगाएत सवै प्रकारका स्वास्थ्य परिक्षण तथा उपचारका साथै स्वास्थ विमा सुविधा उपलव्ध भएकोले दैनिक १ सय ५० भन्दा वढि विरामी स्वास्थ्य परिक्षणका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिं धामीले वताएका छन् ।