Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कर्णाली प्रदेशका पाँच जिल्लामा कोराेना सङ्क्रमण शून्य

दोभानचौर खबर by दोभानचौर खबर
November 14, 2021
in दाेभानचाैर आज, समाज
0
कर्णाली प्रदेशका पाँच जिल्लामा कोराेना सङ्क्रमण शून्य
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा कोराेना सङ्क्रमण शून्य देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले शनिबारसम्म प्रदेशका पाँचवटा जिल्लामा सङ्क्रमण शून्य देखिएको जनाएको हाे  निर्देशनालयका अनुसार कालीकोट, जाजरकोट, डोल्पा, मुगु र हुम्लामा कोराेना सङ्क्रमण शून्य रहेको हो ।

अहिले कर्णाली प्रदेशमा ३३ जना कोराेनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो समय कोराेना सङ्क्रमणको दरमा धेरै कमी आएको निर्देशनालयको भनाइ छ । सुर्खेत, सल्यान, दैलेख, रुकुमपश्चिम र जुम्लामा कोराेना सङ्क्रमितको सङ्ख्या भए पनि कम रहेको छ । सक्रिय सङ्क्रमितमा पनि अधिकांश सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् ।

निर्देशनालयले ३० जना होम आइसोलेसनमा र तीन जना अस्पतालमा उपचारमा रहेको जानकारी दिएको छ । सबैभन्दा बढी सुर्खेतमा ११ जना सङ्क्रमित होम आइसोलेसनमा र एक जना प्रदेश अस्पतालमा उपचारत छन् । दैलेखमा एक जना, सल्यानमा १३ जना, रुकुमपश्चिममा तीन जना होम आइसोलेसनमा छन् ।

यस्तै जुम्लामा दुई जना होम आइसोलेसन र दुई जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले कोराेना सङ्क्रमितको सङ्ख्यामा कमी आएको बताए । उनका अनुसार कोराेना सङ्क्रमितको सङ्ख्यामा कमी आएसँगै प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका सबै आईसीयू र भेन्टिलेटर बेड खाली छन् ।

यद्यपि कोराेना सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि जोखिम भने कायमै रहेको उनको भनाइ छ । कोराेना सङ्क्रमितका लागि प्रदेशभर छुट्याइएका ५७ आईसीयू र ३७ वटा भेन्टिलेटर खाली छन् ।उनले स्वास्थ्य मापदण्ड पालना गर्न छोडेकाले जोखिम कायमै रहेको बताए । उनले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गरे । कर्णाली प्रदेशमा हालसम्म ३३ हजार ४८३ जनामा कोराेना सङ्क्रमण पुष्टि भएको छ । निर्देशनालयले अहिलेसम्म ३२ हजार १०७ जना कोराेना सङ्क्रमणमुक्त भएको जनाएको छ ।

Previous Post

नेपाली काँग्रेसको जारी अधिवेशन बिरेन्द्रनगरमा धाँधली भयको भन्दै मतपत्र जलाईयो: पुन मतदान हुने ।

Next Post

स्कुटर दुर्घटनामा चालकको मृत्यू

RelatedPosts

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
Next Post
स्कुटर दुर्घटनामा चालकको मृत्यू

स्कुटर दुर्घटनामा चालकको मृत्यू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार