Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापमा धमाधम जुनार बिक्री, बगैँचा हेर्न र सेल्फी खिच्न नागरिकको घुइँचो

दोभानचौर खबर by दोभानचौर खबर
December 22, 2024
in समाज
0
रामेछापमा जुनार उत्पादन बढ्यो
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप:  मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ । रामेछाप नगरपालिकाको वडा नं ६ को ओख्रेनी, वडा नं ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा न ४ सालु र वडा नं १३ र १४ फुलासीमा भएका बगैँचामा जुनार पाकेर पहेँलपुर भएपछि टिपेर बिक्री गर्न थालिएको हो । 

गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढेको किसानले बताएका छन् । जुनारका लागि यस वर्ष उपयुक्त हावापानी भएका कारण तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिन प्रयोग गर्न पाएपछि जिल्लाको जुनार उत्पादन पनि बढेको छ ।

मन्थली र रामेछाप नगरपालिकामा लागू भएको बगैँचाबाट मात्र यस वर्ष रु २२ करोड ७५ हजार बराबरको जुनार बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी प्राविधिक भवानी बस्नेतले बताउनुभयो । परियोजनाका अनुसार गत वर्ष जुनार बगैँचाबाट रु १९ करोडको मात्र जुनार बिक्री भएको थियो । 

पन्ध्र रोपनी क्षेत्रफलमा आफूले गरेको व्यावसायिक जुनार खेती राम्रो भएकाले गत वर्षको तुलानमा ५० प्रतिशत नै बढी उत्पादन भएको रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान  हिमाल तामाङले बताउनुभयो । अघिल्लो वर्ष रु दुई लाख ५० हजारको जुनार बिक्री गरेको भए पनि यस वर्ष भने रु तीन लाख ५० हजार बराबरको जुनार बिक्री गर्ने योजना रहेको तामाङले बताउनुभयो । 

 ओख्रीनीकै दिलमाया तामाङ पनि आफूले सात रोपनी क्षेत्रफलमा लगाएको जुनार गत वर्षको तुलनामा ४० प्रतिशत भन्दा बढी उत्पादन भएको बताउनुहुन्छ । ओख्रेनीका अर्का किसान शेरबहादुुर तामाङले पनि आफूले २० रोपनीभन्दा बढी जग्गामा गरेको जुनार खेतीको उत्पादन गत वर्षको तुलनामा ३५ प्रतिशतले बृद्धि भएको बताउनुभयो । 

ओख्रेनीका मात्र होइन, सुकाजोरका रामकुमार कार्की, ज्ञानुका कार्कीको बगैँचामा जुनार पहेँलपुर भएको छ । पुरुष मात्र होइन, जुनार उत्पादनमा महिलाको पनि त्यत्तिकै बढी सकृयता रहेको छ । सुकाजोरकी ज्ञानुका कार्कीले भन्नुभयो, “हामी महिला यसअघि घरको (घास, दाउरा र भान्साको) मात्र काम गथ्र्यौँ त्यसबेला खासै केहीबाट आम्दानी हुँदैनथ्यो, तर अहिले व्यावसायिक जुनारको खेती गर्न थालेपछि मेहनतअनुसारको फल पाइएको छ ।”
 
जुनारको बगैँचाभित्र भटमास, तोरी, लसुन, प्याज, काउली जस्ता कोसेबाली र तरकारी बाली लगाएर छुट्टै आम्दानी गर्न सकिने हुनाले जुनार किसानले दोहोरो फाइदा लिने गरेका छन् । ओखेनीकै युगराज पाख्रिन, डेगराज तामाङलगायतका किसानको बगैँचामा रहेको जुनारको उत्पादन पनि बढेको उनीहरूले बताएका छन् ।

रामेछाप नगरपलिकामा बढी जुनार उत्पादन हुने क्षेत्र हिमगङ्गा, रापमुर सुकाजोर, ओख्रेनी, गोठगाँउ र रामेछाप हो । रामेछाप नगरपालिकाका बाली संरक्षण अधिकृत कृष्ण भुजेलले वडाहरूमा गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन झण्डै ५० प्रतिशतले वृद्धि भएको बताउनुभयो । 

मन्थली नगरपालिकाको वडा नं ४ सालु १३ र १४ फुलासीमा पनि गत वर्षको तुलनमा जुनार र सुन्तलाकोे उत्पादन बढेको वडा नं १४ कृषक तुलबहादुर तामाङले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछापले जिल्लाको मन्थली र रामेछाप नगरपालिकाका कुल १३ वटा वडामा जुनार जोनका रूपमा काम गरिरहेकाले उत्पादनमा वृद्धि भएको परियोजनाका प्रमुख थिरलाल गैरेले दावी गर्नुभयो । । परियोजनाले विभिन्न किसिमका अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यन्त्रीकरणजस्ता सामग्रीसमेत जुनार किसानलाई बितरण गर्ने गरेको छ । 

रामेछापको मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष कुल पाँच सय २० हेक्टरलमा सुन्तला जातका फलफूलहरू उत्पादन भएका मध्ये जुनार ४२२ दशमलव पाँच, सुन्तला ७८ र कागती २० दशमलव आठ हेक्टरमा खेती गरिँदा कुल चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला जातका फलफूल उत्पादन भई रु १९ करोड, रु ९३ लाख ९५ हजार रकम बराबरको बिक्री भएको परियोजनाकी नायब प्राविधिक सहायक भवानी बस्नेतले बताउनुभयो । 

उहाँका अनुसार, “यस वर्ष चार सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला, २२ हेक्टरमा कागतीखेती भई चार हजार चार सय एक मेट्रिक टन उत्पादन हुँदा रु २२ करोड ७५ हजार बराबरको बिक्री हुने अपेक्षा गरिएको छ ।  हाल पहेँलपुर रहेको जुनार बगैँचाबाटनै दानाको आकारअनुसार ६० देखि ७५ रुपैयाँसम्म प्रतिकेजी बिक्री गर्ने गरेका छन् । पाकेर पहेँलपुर भएको जुनार बगैँचा हेर्न र सेल्फी खिच्न हिजोआज दैनिक रूपमा नागरिकको घुइँचो लाग्ने गरेको ओख्रेनीका जुनार व्यापारी हिमाल तामाङले बताउनुभयो । रासस

Previous Post

कार्यालय समयमा चिकित्सक नभएको गुनासो मन्त्रीसमक्ष पुगेपछि कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र

Next Post

रमेश विकल वाङ्मय पुरस्कार थापालाई

RelatedPosts

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
Next Post
रमेश विकल वाङ्मय पुरस्कार थापालाई

रमेश विकल वाङ्मय पुरस्कार थापालाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार