Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती

दोभानचौर खबर by दोभानचौर खबर
March 2, 2025
in समाज
0
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा खण्डमा तीन वर्षदेखि यात्रुले सास्ती व्यहोर्दै आएका छन् । विसं २०७९ चैतमा सडक विस्तारको सुरु भएदेखि हालसम्म उक्त चार किलोमिटर खण्डमा सम्झौता अनुसारको काम नहुँदा यात्रुले धुलो र हिलोमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको हो । 

वर्षायाममा मालबाहक तथा यात्रुबाहक सवारीसाधन हिलोमा फस्दा हप्तौँसम्म राजमार्ग अवरुद्ध हुँदै आएका छन् । पुनःनिर्माणका लागि भत्काइएका सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते पनि हुने गरेका छन् । 

उक्त खण्डमा समयसीमाको करिब एघार महिना नाघिसक्दा पनि निर्माण कम्पनीद्वारा सम्झौता अनुसार काम नहुँदा सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्ध गरेको छ । यसले निर्माण कहिले पुनःसञ्चालन हुन्छ भन्ने अन्योलता बढेको स्थानीय बताउँछन् ।  

जिल्ला सदरमुकाम धुलिखेलबाट खावासम्मको उक्त खण्ड विस्तारका लागि गौरी–पार्वती निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो । कम्पनीले विसं २०८० चैत १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०७९ जेठ २० मा रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो । 

 पछिल्लो वर्षदेखि उक्त खण्डमा निर्माण बन्द भई अलपत्र परेको छ । सडक डिभिजन कार्यालय कार्यालयले गत बिहीबार ठेक्का रद्ध गरेपछि निर्माण अनिश्चित बनेको हो । सडक उपभोक्ताले पटक–पटक गुनासो गर्नुका साथै यात्रुले सास्ती व्यहोरेपछि संसद्को पूर्वाधार समितिले अनुगमन गरेको थियो ।

सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लो पटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । अब प्रक्रिया पु¥याएर केही हप्तामा पुनःठेक्का खोल्ने तयारी गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर सुमन योगेशले बताउनुभयो ।

उहाँका अनुसार भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेरसमेत गरी पुनः ठेक्का लगाइनेछ । हालसम्म २५ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ । 

हालसम्म धुलिखेल बसपार्कबाट जिपलाइनसम्म डाँडा ‘कटिङ’को काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ‘ड्रेनवाल’ लगाउने काम गरिएको छ। “जिपलाइनबाट तल खावासम्मको भत्काइएको सडकमध्ये करिब एक किलोमिटर भागमा कटिङको काम गर्न बाँकी छ”, उहाँले भन्नुभयो । 

गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि वर्षामा सबै बगाएर खण्डहर बनाएको थियो । पाँचखालबाट सार्वजनिक यातायातमा बनेपा आउनुभएका केदार ढुङ्गानाले करिब दुई घण्टा सडक जाममा परेको बताउनुभयो । “उक्त खण्ड निर्माण यथाशीघ्र सम्पन्न नभए यो बाटो भएर वर्षायामामा यात्रा गर्न थप सास्ती हुनेछ”, उहाँले भन्नुभयो । यस्तै राजमार्गमा चल्ने दुईपाङ्ग्रे सवारीसाधनलाई उक्त खण्ड पार गर्न निकै हम्मेहम्मे पर्ने गरेको उहाँको भनाइ छ । 

केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा खण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालबाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा पहिलो पटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको थियो ।

अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही खण्ड हो । रासस

Previous Post

सर्वनाममा चैत १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु

Next Post

युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव  सहयोग गर्न कट्टिबद्ध: प्रधानमन्त्री

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना
समाज

हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना

April 24, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
समाज

रामचन्द्र पौडेलद्वारा राम नवमीको अवसरमा एकता र सद्भाव सुदृढ बनाउन आह्वान

March 27, 2026
Next Post
युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव  सहयोग गर्न कट्टिबद्ध: प्रधानमन्त्री

युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव  सहयोग गर्न कट्टिबद्ध: प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार