नुवाकोट । बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् र तादी गाउँपालिकाको लागत साझेदारीमा सञ्चालित मोबाइल मर्मत तालिम तथा शिवपुरी गाउँपालिकाको स्याउरेभुमीमा सञ्चालनमा रहेको बिको ICT कार्यक्रमलाई नजिकबाट अवलोकन गरिएको छ।
कार्यक्रममा तादी गाउँपालिका र शिवपुरी गाउँपालिकाका अध्यक्षद्वय, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू तथा विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति थियो। उनीहरूले प्राविधिक तालिम र सूचना प्रविधिको प्रयोगमार्फत युवाहरुलाई दक्ष बनाउँदै स्वरोजगारमुखी बनाउने अभियानमा देखिएको प्रगतिको सराहना गरे।
कार्यक्रमको अवसरमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (CTEVT) का प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले स्थानीय सरकारहरूसँग सहकार्यमा यस्ता तालिमहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “तालिम परिषद्ले सबै स्थानीय सरकारसँग समन्वय गरेर रोजगारीमुखी तालिमहरू सञ्चालन गर्न आवश्यक छ। स्थानिय सरकारहरूको अग्रसरताले गाउँमै दक्ष जनशक्ति तयार गर्न सकिन्छ।”
तादी गाउँपालीकाका अध्यक्ष सन्त मान तामाङले समेत यस्तो तालिमले युवाहरुलाई विदेशिनुबाट रोक्न सहयोग पुग्ने भन्दै तालिमको पहुँचलाई अझै विस्तार गर्न जोड दिनुभयो।
कार्यक्रमका सहभागी सबै व्यक्तित्वहरूलाई समय दिनु भएको तथा तालिम र प्रविधि केन्द्रित कार्यक्रमप्रति देखाउनुभएको चासो र समर्थनका लागि धन्यवाद समेत शिबपुरी गाउँपालीकाका अध्यक्ष गोबिन्द थपलियाले व्यक्त गरेका छन्।






