Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थलीमा २२औं राष्ट्रिय धान दिवस जगखनीटारमा धान रोपेर उत्सवपूर्वक सपन्न

दोभानचौर खबर by दोभानचौर खबर
June 29, 2025
in दाेभानचाैर आज
0
मन्थलीमा २२औं राष्ट्रिय धान दिवस जगखनीटारमा धान रोपेर उत्सवपूर्वक सपन्न
48
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, १५ असार – “धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ मन्थली नगरपालिकाले २२ औं राष्ट्रिय धान दिवस विशेष कार्यक्रमसहित मनाएको छ। नगरपालिकाको वडा नं–८, जगखनीटारस्थित खेतमा जनप्रतिनिधिदेखि सुरक्षाकर्मी, सरकारी कर्मचारी, पत्रकार र कृषकसम्मले हातेमालो गर्दै धान रोपेका छन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का थिइन्। कार्यक्रममा जिल्लाका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला प्रसाद भट्ट, सशस्त्र प्रहरीका डिएसपी सूर्यप्रकाश शर्मा, सिंचाइ डिभिजन कार्यालयका प्रमुख सुरेश भुर्तेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ प्रमुख थिरलाल गैरे, मन्थली नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

नगर प्रमुख लव श्रेष्ठ भन्छन् “हामी हिजो पनि धान रोप्थ्यौं, आज जनप्रतिनिधिको भूमिकामा रहेर अरूलाई पनि प्रेरित गर्न खेतमा उत्रिएका छौं। कृषिमा आत्मनिर्भरता कायम नगरी समृद्धि सम्भव छैन। म स्वयं कृषक हुँ, खेती मेरो चिनारी हो।”

प्रमुख अतिथि चिना खड्काले पनि आफू कृषक परिवारबाट आएको स्मरण गर्दै भनिन्, “आजको धान दिवस केवल परम्परा होइन, किसानप्रतिको सम्मान र उत्पादनप्रतिको प्रतिबद्धता हो। खेत बाँझो राख्न नहुने सन्देश दिन आज माटो छोएको छु। कृषकले उत्पादन नगरेसम्म देश भोकै बस्नुपर्छ। त्यसैले भगवान् हेर्ने हो भने कृषकलाई हेर्नुपर्छ।”

कार्यक्रम समन्वय मन्थली वडा नं–८ का अध्यक्ष गोपाल श्रेष्ठको नेतृत्वमा गरिएको थियो। उनले ८ वडाले धान रोपाइका लागि आवश्यक तयारी तथा समन्वय गरेको जानकारी दिए।

धान रोपाइँ केवल कर्म नभई संस्कृति हो भन्ने भावनासहित मनाइएको यस दिवसमा सहभागीहरूले खेतमा रमाइलो गीत–संगीतका साथ धान रोपेका थिए। आयोजकका अनुसार कृषिमा आधारित यस्ता गतिविधिले स्थानीय उत्पादनमा विश्वास बढाउने र आत्मनिर्भरताको यात्रामा एक ईँटा थप्ने अपेक्षा गरिएको छ।

Previous Post

‘गुडगुडे बजाउँदै’ लोकदोहोरी गीत सार्वजनिक, मौलिक सांगीतिक स्वादमा सजिएको

Next Post

असार १५ : गमलामा रोपिएको धान र बाँझिएको सत्य

RelatedPosts

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
दाेभानचाैर आज

निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

February 17, 2026
Next Post
असार १५ : गमलामा रोपिएको धान र बाँझिएको सत्य

असार १५ : गमलामा रोपिएको धान र बाँझिएको सत्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार