Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

श्रमिकको समृद्धि बिना राष्ट्रको समृद्धि सम्भव छैन: प्रधानमन्त्री ओली

दोभानचौर खबर by दोभानचौर खबर
July 18, 2025
in राजनीति
0
अब विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैनः केपी ओली
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन २ 
श्रम विना प्रगति सम्भव छैन र श्रमिकको सम्मान विना समृद्धि सम्भव छैन भन्ने मान्यतासहित सरकारले श्रमिक हितमा निरन्तर कदम चालिरहेको छ। यसै सन्दर्भमा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ।

सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० रुपियाँबाट बढाएर १९ हजार ५५० रुपियाँ पुर्‍याउने निर्णय गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको उक्त निर्णयलाई ‘श्रमिकलाई एक मुट्ठी भरोसा दिने महत्त्वपूर्ण कदम’ बन्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार श्रमिकको सम्मान र भविष्यप्रति प्रतिबद्ध रहेको बताउनुभयो।

निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उहाँले श्रमिकको पसिना र योगदान बिना राष्ट्रको समृद्धि सम्भव नहुने उल्लेख गर्नुभएकाे छ। ‘श्रमिकको समृद्धि बिना राष्ट्रको समृद्धि असम्भव छ, त्यसैले उनीहरूको कडा मेहनतको मूल्यांकन हुनैपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे।

यसअघि सरकारले श्रमिकको भविष्य सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरिसकेको छ। अहिले सम्म उक्त कार्यक्रममा झण्डै २१ लाख श्रमिक आबद्ध भइसकेका छन्। यो कार्यक्रम श्रमिकलाई दीर्घकालीन सुरक्षा दिने अभिप्रायले सुरु गरिएको हो।

Previous Post

सत्ता हस्तान्तरणको दिन गनेर नबस्न गगन थापाको आग्रह

Next Post

अविरल वर्षाका कारण देशभर ११ प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

RelatedPosts

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
Next Post
अविरल वर्षाका कारण देशभर ११ प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

अविरल वर्षाका कारण देशभर ११ प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार