Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रधानमन्त्री ओलीद्वारा बागमती प्रदेश ‘पूर्ण खोपयुक्त’ घोषणा, डिजिटल हेल्थ कार्यक्रमको उद्घाटन

दोभानचौर खबर by दोभानचौर खबर
August 1, 2025
in शिक्षा र स्वास्थ्य खबर
0
प्रधानमन्त्री ओलीद्वारा बागमती प्रदेश ‘पूर्ण खोपयुक्त’ घोषणा, डिजिटल हेल्थ कार्यक्रमको उद्घाटन
13
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर, साउन १६ — सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बागमती प्रदेशलाई ‘पूर्ण खोपयुक्त प्रदेश’ घोषणा गरिएको छ। बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार भक्तपुरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभयो।
यो घोषणा संघीय सरकारअन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गरिएको हो। गत असार २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र आवश्यक सबै खोप प्राप्त गरिसकेको पुष्टि भएपछि बागमती प्रदेशका १३ वटै जिल्ला र ११९ वटै पालिकालाई समेट्दै प्रदेशस्तरमा पूर्ण खोप घोषणा गरिएको हो।
समारोहमा प्रधानमन्त्री ओलीले उक्त प्रमाणपत्र प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई हस्तान्तरण गर्नुभयो। उहाँले स्वास्थ्य सेवा पहुँचलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई उदाहरणीय कदमका रूपमा ब्याख्या गर्नुभयो।
सो अवसरमा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले ‘डिजिटल हेल्थ कार्यक्रम’को पनि उद्घाटन गर्नुभयो। यस प्रणालीले स्वास्थ्य सेवा अभिलेखन, अनुगमन र सेवा प्रवाहलाई अझ व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्र गौतमले प्रधानमन्त्री ओलीको नेतृत्वमा सार्वजनिक स्वास्थ्य क्षेत्रमा विशेष प्रगति र फड्को आएको उल्लेख गर्नुभयो।
“अब राष्ट्र सेवकहरू पनि मुख खोल्न थालेका छन्,” सचिव गौतमले भने, “सही कामको समर्थनमा बोल्नुपर्ने समय यही हो। हजुरको नेतृत्वमा नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा विशेष फड्को मारेको छ। कोभिड महामारीको कठिन समयमै स्वास्थ्य पूर्वाधार सुदृढीकरण र सेवा प्रवाहमा उल्लेख्य सुधार सम्भव भएको हो।”
समारोहमा संघीय, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदार संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

Previous Post

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

Next Post

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

RelatedPosts

राहतमा जुटे भद्रकुमारी बिधालयका  विद्यार्थी
शिक्षा र स्वास्थ्य खबर

राहतमा जुटे भद्रकुमारी बिधालयका विद्यार्थी

September 11, 2026
रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ
शिक्षा र स्वास्थ्य खबर

रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ

September 11, 2026
भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा
शिक्षा र स्वास्थ्य खबर

मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा

August 18, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
Next Post
स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार