काठमाडौँ: सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको १ लाख ९५ हजार ५ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। आज चाँदी तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको २ हजार ३१० रुपैयाँ थियो।







