दैलेख । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा शुक्रबार एक पुरुष पक्राउ परेका छन् । पीडित किशोरीकी आमाले जिल्ला प्रहरी कार्यलय दैलेखमा उजुरी दिएपछि उक्त व्यक्ति पक्राउ परेका हुन् ।
पीडित किशोरीकी आमाले उक्त घटनाको पोल खुलेपछि बिहिबार प्रहरीलाई जाहेरी दिएकी थिइन् । उक्त जाहेरी दरखास्त मार्फत प्राप्त सुचना अनुसार दैलख प्रहरीले पक्राउ गरी दैलेख अदालतबाट १० दिन म्यादथप गरी थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
प्रहरीका अनुसार उक्त पुरुषले नाबालिका छोरीलाई बिगत ३ बर्ष देखी पटक–पटक फकाई, डरत्रास देखाई र प्रलोभनमापारी जबरजस्ती करणी गरेको पाइएको जनाएको छ ।