काठमाडौँ: स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ८ हजार १०० रुपैयाँले वृद्धि भई २ लाख ४८ हजार ५०० रुपैयाँमा पुगेको हो।
सोमबार छापावाल सुन तोलामा दुई लाख ४० हजार चार सय रुपियाँमा कारोबार भएको थियो।
यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेर तोलामा ३हजार ३२५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो। सोमबार चाँदी तोलामा ३हजार २२० रुपैयाँमा कारोबार भएको थियो।






