Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल

दोभानचौर खबर by दोभानचौर खबर
October 27, 2025
in समाचार
0
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको  राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।

छठ पर्व–२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।”

छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ। सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास छ। राष्ट्रपति पौडेलले भन्नुभएको छ, “सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवम् पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ।”

Previous Post

विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का

Next Post

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

RelatedPosts

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
समाचार

बीपी राजमार्ग अझै अवरुद्ध; डाइभर्सन बग्दा यातायात ठप्प,वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

April 26, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने
समाचार

कर छुट नपाए विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिने यातायात व्यवसायीको चेतावनी

April 23, 2026
Next Post
बागमती प्रदेशसभाः आजको बैठक स्थगन

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार