Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

दोभानचौर खबर by दोभानचौर खबर
December 3, 2025
in दाेभानचाैर आज, राजनीति
0
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
9
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिको सहभागी नेतृत्व र अपनत्वलाई प्राथमिकतामा राख्दै अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणतर्फ सरकार प्रतिवद्ध गरेकी छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार जारी सन्देशमा प्रधानमन्त्री कार्कीले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, पुनःस्थापनालगायतका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिलाई सहज पहुँच उपलब्ध गराउन सरकार क्रियाशील रहेको उल्लेख गरिन्।

उनका अनुसार अपाङ्गताको प्रकार, गाम्भीर्य र आर्थिक–सामाजिक अवस्थाका आधारमा सेवा–सुविधामा प्राथमिकता प्रदान गर्दै सबैलाई सम्मानजनक र समतामूलक जीवन सुनिश्चित गर्ने नीति राज्यको मूल लक्ष्य हो।

प्रधानमन्त्रीले भौतिक, दृष्टिकोणजन्य, सञ्चार तथा कानुनी अवरोधसहित अपाङ्गता भएका व्यक्तिले सामना गर्दै आएका सबै प्रकारका बाधा हटाई पहुँचयुक्त र सम्मानजनक वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गरिन्।

उनले अपाङ्गता रोकथाम, पुनःस्थापना, रोजगारी तथा स्वरोजगारका कार्यक्रमलाई तीनवटै तहका सरकारको समन्वित प्रयासले अघि बढाए मात्र अपेक्षित उपलब्धि प्राप्त हुने विश्वास व्यक्त गरिन्।

सन्देशमा उनले नेपालको संविधान, अन्तर्राष्ट्रिय सन्धि–महासन्धि तथा विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई व्यापक रूपमा संरक्षण गरेको स्मरण गराइन्।

प्रधानमन्त्री कार्कीले यस दिवसले अपाङ्गता क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसरकारी संस्था, सरोकारवाला निकाय र अभिभावकहरूलाई अझ प्रभावकारी रूपमा हक–अधिकार तथा सुरक्षाको पक्षमा काम गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिन्।

Previous Post

राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

Next Post

किराँत समुदायले उधौली पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

RelatedPosts

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
मन्थली–१ को  वडा कार्यालय उद्घाटन
दाेभानचाैर आज

मन्थली–१ को वडा कार्यालय उद्घाटन

July 8, 2026
Next Post
किराँत समुदायले उधौली पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

किराँत समुदायले उधौली पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार