Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

दोभानचौर खबर by दोभानचौर खबर
December 3, 2025
in राजनीति, समाचार
0
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिका लागि संविधान तथा कानुनले व्यवस्था गरेका हक–अधिकारको प्रभावकारी कार्यान्वयन अत्यावश्यक रहेको बताएका छन्। ३४औँ अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट उपलब्ध गराइने सुविधा तथा अवसरमा सबैको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको सम्मानसहित मर्यादापूर्ण जीवन बाँच्ने अधिकार दिएको उल्लेख गर्दै, सार्वजनिक सेवा तथा सुविधामा समान पहुँच, समानुपातिक तथा समावेशी सिद्धान्तका आधारमा न्यायपूर्ण समाज निर्माण गर्ने अपेक्षा स्थापित गरेको बताए। अपाङ्गताका आधारमा गरिने विभेदलाई संविधानले निषेध गरेको उल्लेख गर्दै उनले अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे।

अपाङ्गता भएका व्यक्तिकालागि कार्यालय, विद्यालय, सार्वजनिक सवारी, सडक, पार्क, धार्मिक स्थल तथा सरकारी–निजी संरचनाहरूमा आवश्यकताअनुसार मैत्रीपूर्ण भौतिक पहुँच र वातावरण निर्माण गर्नु आजको आवश्यकता रहेको उनले बताए।

समाजमा देखिने नकारात्मक धारणामा परिवर्तन ल्याई समावेशिता, मानवअधिकार, पहुँचयोग्य वातावरण र भेदभावविहीन समाज निर्माणमा सरकार, परिवार, समुदाय तथा विभिन्न संस्थाको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै, यस्तो दिवसले यो अभियानलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरे।

संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२देखि प्रत्येक डिसेम्बर ३ मा विश्वभर अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै आइएको छ। यस वर्ष नेपालमा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने नारासहित विविध कार्यक्रमहरूको आयोजना भइरहेको छ।

Previous Post

अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

Next Post

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
Next Post
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार