Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 

दोभानचौर खबर by दोभानचौर खबर
December 20, 2025
in दाेभानचाैर आज, शिक्षा
0
मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 
85
SHARES
197
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, पुस ५
मन्थली नगरपालिकामा ‘शिक्षण सिकाइ कार्यक्रम’ सम्पन्न भएको छ। मन्थली नगरपालिका–१ को आयोजना तथा खाँडादेवी मिडिया ग्रुपको सहजीकरणमा पुस ५ गते तिनलाल पार्क, मन्थली–१ मा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रको उन्नयन तथा विकासमा योगदान पुर्‍याउने शिक्षकहरूलाई कदरपत्रसहित सम्मान गरिएको छ। सम्मानित शिक्षकहरूमा नवीन बुढाथोकी, बसन्त सुबेदी, समिता मगर, कृष्ण कुमार श्रेष्ठ (मन्थली माध्यमिक विद्यालय), सरस्वती मोक्तान (कर्कलादेबी अंग्रेजी स्कुल), नरदेबी थापा (नागकन्या माध्यमिक विद्यालय), सबिता श्रेष्ठ (लिटिल स्टार अंग्रेजी विद्यालय) र रिना श्रेष्ठ (तामाकोसी अंग्रेजी विद्यालय) रहेका छन्।
कार्यक्रममा प्रशिक्षक अभिषेक घिमिरे र सुदर्शन घिमिरेले प्रभावकारी शिक्षण विधि तथा विद्यार्थी–केन्द्रित सिकाइका विषयमा प्रशिक्षण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरप्रमुखले शिक्षा क्षेत्रमा गरिएको लगानी दीर्घकालीन सामाजिक पूँजी भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठ, वडा नं. ४ का वडा अध्यक्ष राजन घिमिरे र मन्थली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठको आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रवक्ता गोपाल श्रेष्ठले शिक्षकले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। वडा अध्यक्ष राजन घिमिरेले नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी गर्दै आएको जानकारी समेत दिएका छन।
कार्यक्रमका अध्यक्ष तथा मन्थली नगरपालिका–१ का वडा अध्यक्ष होमप्रसाद पौडेलले शिक्षक स्वयं अनुशासित भए मात्र विद्यार्थी पनि अनुशासित हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने बताए।
स्थानीय तहको सक्रियता, शिक्षक सम्मान र प्रशिक्षण कार्यक्रमले मन्थलीको शैक्षिक वातावरण थप सुदृढ हुने अपेक्षा गरिएको छ। कार्यक्रममा वडाभरिका संस्थागत र सामुदायिक शिक्षक गरि १९० जना शिक्षक सहभागी रहेका थिए।

Previous Post

फागुन २१ को निर्वाचनमा सरकारको तयारी सुस्त : कांग्रेस नेता कोइराला

Next Post

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार