Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

निर्वाचन हुने र नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

दोभानचौर खबर by दोभानचौर खबर
December 24, 2025
in राजनीति
0
निर्वाचन हुने र नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ:  निर्वाचन आयोग का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आवश्यक सम्पूर्ण तयारी अघि बढिसकेको भन्दै अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने–नहुने विषयमा बहस गर्नु निरर्थक भएको बताएका छन्।

आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस सम्बन्धी विषयमा राजनीतिक दलका लागि आयोगले आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उनले वर्तमान अवस्थामा निर्वाचन नै निर्विकल्प समाधान भएको स्पष्ट पारे।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनसँग सम्बन्धित राजनीतिक विषयहरू राजनीतिक रूपमा समाधान हुने र आयोगले राजनीतिक तथा कानुनी रूपमा टुंगिएका विषयलाई कार्यान्वयन गर्ने बताए। “आयोग जसरी पनि निर्वाचन गराउन प्रतिबद्ध छ। निर्वाचन गर्नेबाहेक हाम्रो अर्को विकल्प छैन,” उनले भने, “जेन–जी विद्रोहपछिको राजनीतिक अवस्थामा समयमा निर्वाचन नभए के हुने भन्ने अन्योल रहन्छ। संविधानलाई नियमित प्रक्रियामा ल्याउन पनि निर्वाचन अनिवार्य छ।”

उनले सबै राजनीतिक दललाई सक्षम र योग्य उम्मेदवार छनोट गरी सुशासन कायम गराउने दायित्व वहन गर्न आग्रह गरे।

साथै, समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्दा जात, भाषा, वर्ग र भूगोलको समुचित प्रतिनिधित्व सुनिश्चित हुने गरी त्रुटिरहित रूपमा सूची तयार गर्न दलहरूलाई आग्रह गरे। जारी हुने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि उनले स्मरण गराए।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निषेधको राजनीति नगर्न दलहरूलाई आग्रह गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए। “निर्वाचनमा बाटो छेक्ने काम कसैले गर्नु हुँदैन। मतदातामाझ सभ्य र सकारात्मक रूपमा प्रस्तुत हुनुपर्छ,” उनले भने, “निर्वाचन आयोग त रेफ्री मात्रै हो, खेलाडी भनेका राजनीतिक दलहरू नै हुन्।”

कार्यक्रममा आयोगका आयुक्तद्वय डा। जानकीकुमारी तुलाधर र सुगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउत तथा प्रवक्ता नारायणप्रसाद भट्टराई लगायतको उपस्थिति थियो।

अभिमुखीकरण कार्यक्रममा मङ्गलबार र बुधबार गरी समानुपातिक प्रणालीतर्फ निर्वाचनमा भाग लिन निवेदन दिएका ९३ राजनीतिक दलका दुई–दुई प्रतिनिधि सहभागी थिए। सहभागीलाई निर्धारित प्रतिशतमा आधारित समावेशिता सुनिश्चित गर्दै उम्मेदवार सिफारिस गर्ने विधि र प्रक्रियाबारे कानुन तथा तथ्याङ्कसम्बन्धी विज्ञहरूले प्रशिक्षण दिएका थिए।

यसैबीच, रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश, २०८२ जारी गरेपछि २०७८ सालको जनगणनाको तथ्याङ्कअनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम समुदायको जनसङ्ख्या प्रतिशतका आधारमा दलहरूले समानुपातिक बन्दसूची पेस गर्नुपर्ने व्यवस्था लागू भएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ आवेदन दिएका राजनीतिक दलहरूले यही पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने समयसीमा तोकिएको र त्यसका लागि आयोग पूर्ण तयारी अवस्थामा रहेको प्रवक्ता भट्टराईले जानकारी दिए।

Previous Post

शान्ति–सुरक्षा सुनिश्चित भए फागुनको निर्वाचनमा जान कांग्रेस तयार : डा. शेखर कोइराला

Next Post

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

RelatedPosts

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राजनीति

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

April 2, 2026
राष्ट्रियसभामा नवगठित सरकारलाई रचनात्मक सहयोग गर्ने सांसदहरूको प्रतिबद्धता
राजनीति

राष्ट्रियसभामा नवगठित सरकारलाई रचनात्मक सहयोग गर्ने सांसदहरूको प्रतिबद्धता

April 2, 2026
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
राजनीति

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

April 1, 2026
राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतको भेटघाट
राजनीति

राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतको भेटघाट

March 30, 2026
बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन
राजनीति

बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

March 27, 2026
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
राजनीति

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

March 27, 2026
Next Post
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार