Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्ष हर्षोल्लासका साथ मनाउँदै

दोभानचौर खबर by दोभानचौर खबर
December 30, 2025
in दाेभानचाैर आज, समाज
0
आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्ष हर्षोल्लासका साथ मनाउँदै
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तमु ल्होसार पर्व उल्लासपूर्वक मनाइरहेका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिन्छ। गुरुङ समुदायका लागि तमु ल्होसार नयाँ वर्षको प्रतीक पर्व हो, जसलाई भव्य रूपमा मनाउने परम्परा छ।

तमु ल्होसार सूर्यको गतिसँग सम्बन्धित पर्व मानिन्छ। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप चाँडै पुग्ने भएकाले पुस महिनामा यो पर्व मनाइने विश्वास गरिन्छ। त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदाय बसोबास गर्ने क्षेत्रमा सूर्यको ताप ढिलो पुग्ने भएकाले माघ र फागुनमा ल्होसार मनाइने चलन रहेको जानकारहरू बताउँछन्।

पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि दिन लामो तथा रात छोटिँदै जाने भएकाले पनि यस पर्वको विशेष महत्त्व रहेको छ। तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

पर्वका अवसरमा राजधानीको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन्। कार्यक्रममा समुदायका मानिसहरू परम्परागत तथा सांस्कृतिक वेषभूषामा सजिएर सहभागी भएका छन्। साथै, गुरुङ समुदायका मौलिक परिकारहरूको प्रदर्शनीसमेत गरिएको छ।

यसै अवसरमा आइतबारदेखि टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ, जहाँ हजारौँ सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको छ।

Previous Post

सुरक्षा निकायलाई अत्यधिक बल प्रयोग गर्न निर्देशन दिएको होइन : रमेश लेखक

Next Post

राजनीतिमा जनविश्वास कायम गर्न एकता र मेलमिलाप अपरिहार्य छ: शेखर कोइराला

RelatedPosts

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
Next Post
अब कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मानेर बोकिरहनु हुँदैनः कोइराला

राजनीतिमा जनविश्वास कायम गर्न एकता र मेलमिलाप अपरिहार्य छ: शेखर कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार