काठमाडौँ । काठमाडौँको कलङ्कीस्थित खाँडादेबी फुडल्याण्डले स्थापना भएको पाँच वर्ष पूरा गरेको छ। पाँचौँ वार्षिकोत्सवको अवसरमा फुडल्याण्डले विशेष कार्यक्रमको आयोजना गर्दै केक काटेर उत्सव मनाएको हो।
कार्यक्रममा खाँडादेबी फुडल्याण्डकी अध्यक्ष पवित्रा तिमिल्सिनाले केक काट्दै संस्था थप सफलताको दिशामा अघि बढोस् भन्ने शुभकामना व्यक्त गरिन्। वार्षिकोत्सव कार्यक्रममा सञ्चालक समिति, सेयर सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
फुड्ल्याण्डका संचालक तेजबहादुर बोहराले संस्थाको सफलतामा कर्मचारीहरूको ठूलो योगदान रहेको बताए। संस्थाको सुरुवात हामीले गरे पनि यहाँसम्म ल्याउने काम कर्मचारीहरूले नै गर्नुभएको हो। सेयर सदस्यहरू पनि सक्रिय रूपमा काम गर्नुहुन्छ, यो संस्था सबैको साझा हो, उनले भने।
बोहराले एक्लै प्रयास गरेको भए यस्तो सफलता सम्भव नहुने उल्लेख गर्दै सामूहिक प्रयासकै कारण खाँडादेबी फुडल्याण्ड सफल भएको बताए। उनले कर्मचारीहरूलाई धन्यवाद दिँदै लगनशीलताका साथ काम गरेमा एक दिन आफू पनि साहु बन्न सक्ने आश्वासन दिएका छन। उनले नेपालीहरू स्वदेशमै काम गर्न लजाउने प्रवृत्तिप्रति टिप्पणी गर्दै विदेशमा गर्न हुने काम नेपालमै, विशेषगरी रेष्टुरेन्ट क्षेत्रमा गर्न लाज मान्ने प्रवृत्ति परिवर्तन हुनुपर्ने धारणा व्यक्त गरे।
हाल खाँडादेबी फुडल्याण्डमा करिब ३ सय जनासम्म अट्ने पार्टी हलसहित सानाठूला गरी ४,५ वटा हल सञ्चालनमा रहेका छन्।
पाँच वर्षको सफल यात्रा पूरा गरेको खाँडादेबी फुडल्याण्डले आगामी दिनमा सेवा विस्तार र गुणस्तर वृद्धिमा जोड दिने जनाएको छ।







