Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

दोभानचौर खबर by दोभानचौर खबर
June 18, 2026
in दाेभानचाैर आज
0
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
19
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

सागर बोहरा, रामेछाप
नेपालमा संघीयता कार्यान्वयनसँगै स्थापित प्रदेश संरचनामाथि पछिल्लो समय व्यापक बहस हुन थालेको छ। विशेषगरी प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्न सकेको छ कि छैन भन्ने प्रश्न आम नागरिकदेखि जनप्रतिनिधिसम्मले उठाउन थालेका छन्। यतिबेला प्रदेश खारेज गर्ने विषयमा बहस चल्यो भने सबैभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिहरूले नै समर्थन गर्ने अवस्था देखिन थालेको छ।
म बागमती प्रदेशको सन्दर्भमा कुरा गर्दैछु। जिल्लाका वास्तविक समस्या समाधानभन्दा योजना र बजेट केही कर्मचारी तथा केही माननीयहरूको पहुँचभित्र सीमित भएको जस्तो अनुभूति नागरिकमा बढ्दो छ। जनताले अपेक्षा गरेको विकास, सेवा प्रवाह र परिणामभन्दा पहुँच, प्रभाव र स्वार्थको चर्चा बढी सुनिन थालेको छ।
प्रदेशस्तरीय कार्यालयका कतिपय प्रमुखहरू सेवाभन्दा पनि आफ्नो स्वार्थमा केन्द्रित भएको जनगुनासो बारम्बार सुनिन्छ। नागरिकका कुरा सुन्ने, समस्याको समाधान खोज्ने र प्रभावकारी अनुगमन गर्ने पक्ष कमजोर देखिँदा प्रदेश सरकारप्रतिको विश्वास क्रमशः घट्दै गएको छ।
योजना छनोटदेखि निर्माण कार्य र सामान्य अन्तरक्रिया कार्यक्रमसम्म कसलाई जिम्मा दिने, कसरी दिने र त्यसबाट कसले के लाभ लिने भन्ने विषयले बढी चर्चा पाउने गरेको छ। तर प्रदेश सरकारको ठोस उपलब्धि के हो भन्ने प्रश्नको स्पष्ट जवाफ आम नागरिकले पाउन सकेका छैनन्। अरबौँ रुपैयाँ बजेट खर्च भएको तथ्यांक प्रस्तुत गरिए पनि त्यसको प्रत्यक्ष प्रभाव नागरिकको जीवनमा कति परेको छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक देखिन्छ।
अझ एउटै मन्त्रालयअन्तर्गत समान प्रकृतिका दुई-दुई वटा कार्यालय सञ्चालन भइरहेका छन्। प्रशासनिक खर्च बढेको छ, तर कार्यसम्पादनको प्रभावकारिता भने अपेक्षित रूपमा देखिएको छैन। सरकारी साधन–स्रोतको प्रयोग भइरहेको छ, तर त्यसको प्रतिफल नागरिकले महसुस गर्न सकेका छैनन्।
प्रदेशअन्तर्गतका कार्यालयहरूमा नागरिकको पहुँच पनि सहज छैन। कतिपय प्रदेश परिषद्हरू विकास र नीतिगत बहसभन्दा पनि बजेट बाँडफाँट र प्रभावको केन्द्रजस्ता बनेको आरोप लाग्ने गरेको छ। यस्तो अवस्थाले प्रदेश सरकारप्रतिको जनविश्वास कमजोर बनाएको छ।
संघीयता नेपालको संविधानले परिकल्पना गरेको महत्वपूर्ण शासन प्रणाली हो। तर कुनै पनि संरचनाको सफलता त्यसको अस्तित्वले मात्र होइन, परिणामले प्रमाणित गर्छ। प्रदेश सरकारले नागरिकको जीवनस्तर सुधार, विकास निर्माणमा तीव्रता, सेवा प्रवाहमा सहजता र सुशासनको अनुभूति गराउन सकेन भने यसको आवश्यकतामाथि प्रश्न उठ्नु स्वाभाविक हो।
त्यसैले अब बहस प्रदेश खारेज गर्ने वा नगर्ने मात्र होइन, प्रदेश संरचनालाई परिणाममुखी, उत्तरदायी र नागरिकमैत्री कसरी बनाउने भन्ने विषयमा केन्द्रित हुनुपर्छ। यदि प्रदेश रहन्छ भने त्यसले आफ्नो औचित्य पुष्टि गर्ने गरी उपलब्धिमूलक काम गर्नुपर्छ। अन्यथा प्रदेश संरचनामाथि उठिरहेका प्रश्नहरू झन् बलियो बन्दै जानेछन्।
संरचना बचाउनेभन्दा पनि नागरिकको विश्वास बचाउने चुनौती आज प्रदेश सरकारसामु सबैभन्दा ठूलो चुनौती बनेको छ।

Previous Post

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

Next Post

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

RelatedPosts

मन्थली–१ को  वडा कार्यालय उद्घाटन
दाेभानचाैर आज

मन्थली–१ को वडा कार्यालय उद्घाटन

July 8, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
Next Post
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार