Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

फित्कौलीको खित्कौली सभा, कृति लोकार्पण र मट्याङ्ग्रा हानाहान

दोभानचौर खबर by दोभानचौर खबर
January 28, 2023
in कला/साहित्य, दाेभानचाैर आज
0
फित्कौलीको खित्कौली सभा, कृति लोकार्पण र मट्याङ्ग्रा हानाहान
16
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २०७९ माघ १४ । फित्कौली डटकम सञ्चालनको दसौँ वर्ष र अनलाइन पत्रिकाको दोस्रो वर्ष प्रवेशका अवसरमा फित्कौली अन्लाइन मिडियाले हास्यव्यङ्ग्यपूर्ण ‘खित्कौली सभा’ आयोजना गर्यो ।

उपस्थित मध्येका जेष्ठ हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलद्वारा रिमोट थिचेर उद्घाटन गरिएको खित्कौली सभाको आरम्भमा यसका सञ्चालक एवम् प्रधान सम्पादक नरनाथ लुइँटेलले फित्कौलीको दस वर्षे यात्रालाई डिजिटल्ली चलचित्रात्मक ढङ्गले प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा उपस्थित मध्येका जेष्ठ हास्यव्यङ्ग्यकार रामकुमार पाँडेले पोखराका हास्यव्यङ्ग्यकार शेषराज भट्टराइ ‘हास्यव्यङ्ग्य निबन्ध कस्तो हुनुपर्छ’ नामक कृति र फित्कौलीका आधिकारिक कार्टुनिस्ट राजेश मानन्धरको ‘कार्टुन सङ्ग्रह भाग १’ लोकार्पण गर्दै दुवै हास्यव्यङ्ग्य स्रष्टाहरूलाई बधाई ज्ञापन गर्नुभयो ।

फित्कौलीको अक्षयकोष स्थापनाको घोषणा

कार्यक्रममा फित्कौलीका सञ्चालक लुइँटेलले फित्कौली अक्षयकोष स्थापनाको घोषणा जारि गर्दै आफूले अहिलेसम्म प्राप्त गरेका पुरस्कारको रकम रु। १,५०,००० रुपैयाँ अक्षयकोषमा प्रदान गरी पुररस्कारको रकम पुरस्कारमै रहोस् भन्ने मेरो अभिप्राय रहेको बताउनु भयो ।

कार्यक्रममा हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले उक्त अक्षयकोषमा रु। १ लाख, एल।आर।आइ।स्कुलका तर्फबाट १ लाख, पोखराका हास्यव्यङ्ग्यकार विश्व शाक्यले रु। ३३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा प्रदान गर्ने घोषणा गर्नुभएको छ । कवि तथा हास्यव्यङ्ग्य निबन्धमा कलम चलाउँदै आएका ठाकुरप्रसाद अधिकारीले २० हजार, डा। मुकेश चालिसेले १ लाख ५० हजार, सिस्नुपानी नेपालले रु २५ हजार प्रदान गरी कोषमा सहभागिता जनाउने भएको छ । अर्का हास्यव्यङ्ग्यकार आर।सी। रिजालले पनि आफूले प्राप्त गरेको पुरस्कारका रकम अक्षयकोषमा प्रदान गर्ने घोषणा गर्नु भयो ।

विमोचित कृतिबारे सङ्क्षिप्त चर्चा गर्दै डा। रमेश शुभेच्छुले व्यङ्ग्य स्रष्टा शेषराज भट्टराईको व्यङ्ग्यकारिता, शिष्ट गम्भीर र विशिष्ट रहेको उल्लेख गर्नुभयो भने कार्टुन चित्रमा तीन दशक गुजारी सकेका कार्टुन कलाकार राजेश मानन्धरको कार्टुन सङ्ग्रहको प्रकाशन एउटा महत्वपूर्ण प्राप्ति हो भन्नु भयो ।

कार्टुनिस्ट राजेश मानन्धरलाई रामकुमार पाँडेले फित्कौलीको खित्कौली सम्मान प्रदान गर्दै माला तथा सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । प्रमुख अतिथि नभनेर हास्यव्यङ्ग्यका जेठोबूढो भनिएका रामकुमार पाँडेले फित्कौलीको हास्यव्यङ्ग्य अभियान अत्यन्त सार्थक रहेको बताउँदै यो अभियानमा साथ सहयोग प्रदान गर्नु हामी सबैको कर्तव्य हो भन्नु भयो ।

फित्कौलीको मट्याङ्ग्रा हानाहान

वार्षिकोत्सवको रुपमा सम्पन्न कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष हास्यव्यङ्ग्य सिर्जनाहरूको प्रस्तुति रहेको थियो । यस अन्तर्गत पाका पुराना र नयाँ पुस्ताका हास्यव्यङ्ग्य स्रष्टाहरूको सम्मिलन देखिन्थ्यो । आर।सी। रिजाल, नरेन्द्रराज पौडल, चट्याङ मास्टर, डम्बर घिमिरे, पिँडालु पण्डित, लक्ष्मण गाम्नागे, थरेन्द्र बराल, हरिकला उप्रेती, कृष्णदेव रिमाल, चक्र दवाडी, रेहित सैजु, जनार्दन धड्कन, अप्सरा सुनार र अनिल पौडेल ‘कीर्ते’ले आआफ्ना हास्यव्यव्यङ्ग्य सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

हास्यव्यङ्ग्यको समग्र गतिविधिलाई सङ्गठित, संस्कारित डिजिटल प्रविधिमैत्री बनाएर अघि बढाउने फित्कौली प्रयत्न अत्यन्त सह्रानीय रहेको सन्दर्भ उल्लेख गर्दै वरिष्ठ हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलले हार्दिक शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले फित्कौलीको यो अभियानमा सिस्नुपानी पनि सँगै रहेको उल्लेख गर्दै यसका सञ्चालक सिस्नुपानीका पनि संस्थापक र अहिलेका सल्लाहकार हुनुहुन्छ भन्नुभयो । हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलले हास्यव्यङ्ग्यको संवर्धन र अभिवृद्धिका लागि फित्कौलीले अभियानकै रुपमा प्रशंसनीय गतिविधि अघि बढाएकोमा हर्ष व्यक्त गर्दै शुभकामना दिनुभएको थियो ।

०००
– गरिमा लुइँटेल/भिष्म उपाध्याय

Previous Post

सहकारीको किस्ता तिर्न नसकेर ४५ वर्षीय रामदेवले गरे आत्माहत्या

Next Post

दोलखामा विभिन्न कार्यक्रम गरी ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइयो

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post

दोलखामा विभिन्न कार्यक्रम गरी ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार