Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गणतन्त्र स्थापनापछि गुणात्मक उपलब्धि हासिल भएको छ : सञ्चारमन्त्री शर्मा

दोभानचौर खबर by दोभानचौर खबर
May 20, 2023
in समाचार, राजनीति खबर
0
गणतन्त्र स्थापनापछि गुणात्मक उपलब्धि हासिल भएको छ : सञ्चारमन्त्री शर्मा
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण तथा जनअपेक्षा पूरा गर्नेगरी वर्तमान सरकारले राम्रा कामको सुरुआत गरेको बताएकी छिन् । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले जनताका पक्षमा काम गर्ने पहलकदमी लिइरहेको बताएकी हुन् ।

सरकारले गरेका राम्रा काम जनतामाझ लैजान सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका भएको मन्त्री शर्माले बताउनुभयो । “सरकारले राम्रो कामको सुरुआत गरेको छ”, उनले भनिन् । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले यसअघिका दुई कार्यकालबाट सिकेर तेस्रो कार्यकाल सुजबुझका साथ अगाडि बढाउनुभएको मन्त्री शर्माको भनाइ छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र सिङ्गो देशको साझा उपलब्धि भएको उल्लेख गर्दै उनले पछिल्ला दिनमा जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने क्रम बढिरहेको बताईन्। “राजनीतिक उपलब्धिको रक्षा गर्न सञ्चारमाध्यमले सशक्त भूमिका निर्वाह गर्नुपर्छ”, मन्त्री शर्माले भनिन्“गणतन्त्र, समावेशिता र सङ्घीयतामाथि चौतर्फी आक्रमण भइरहेको छ, यो व्यवस्थामाथि प्रहार गर्ने विरुद्ध एक हुन आवश्यक छ ।”

गणतन्त्र स्थापनापछि गुणात्मक उपलब्धि हासिल भएको उनको भनाइ छ । सरकार सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ भनेर लागिपरेको जिकिर गर्दै मन्त्री शर्माले भनिन्, “हिजो मात्रै सरकारले नीति कार्यक्रम ल्याएको छ, सञ्चारमाध्यमलाई ज्ञानको उद्योगका रुपमा विकास गर्ने, समानुपातिक विज्ञापनलाई कार्यान्वयन गर्न तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन लागि परेका छौँ । सबै मिडियालाई व्यवस्थित गर्नुपर्छ । बजेटमार्फत थप व्यवस्थित गरिनेछ ।”

यस्तै, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले सत्यतथ्यमा आधारित रहेर जनताका पक्षमा कलम चलाउन आग्रह गर्दै पेशागत जिम्मेवारी र दक्षता हेरेर कर्म गर्न सञ्चारकर्मीलाई सुझाव दिए । प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहालले राष्ट्रियता, जनता र उत्पीडित वर्गलाई केन्द्रमा राखेर पत्रकारिता गरिनुपर्ने बताए ।

प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले नकारात्मक पत्रकारिताको प्रवृत्ति बढिरहेको अवस्थामा जनताको पत्रकारले त्यसलाई चिर्न सक्नुपर्ने बताए । प्रेस सेन्टरका उपाध्यक्ष ओपेन्द्र शर्माले श्रमजीवी जनताको हकहितका पक्षमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए ।

Previous Post

परियोजना अघि बढाउन एमसीसी उपाध्यक्षले मागे गृहमन्त्रीसँग सहयोग

Next Post

बाल यौन दुव्र्यवहार घटनाको स्लथलगत अध्ययन प्रतिवेदन आइतवार सार्वजनिक गरियो

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
बाल यौन दुव्र्यवहार घटनाको स्लथलगत अध्ययन प्रतिवेदन आइतवार सार्वजनिक गरियो

बाल यौन दुव्र्यवहार घटनाको स्लथलगत अध्ययन प्रतिवेदन आइतवार सार्वजनिक गरियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार