Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बाल यौन दुव्र्यवहार घटनाको स्लथलगत अध्ययन प्रतिवेदन आइतवार सार्वजनिक गरियो

दोभानचौर खबर by दोभानचौर खबर
May 22, 2023
in शिक्षा
0
बाल यौन दुव्र्यवहार घटनाको स्लथलगत अध्ययन प्रतिवेदन आइतवार सार्वजनिक गरियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिश्वकर्मा

काठमाडौ । सुभद्रा मदन (सुभम) फाउण्डेशनमा भएका बालबालिकाको तत्काल उद्धार, संरक्षण तथा पुनस्थार्पनाको लागि घटना व्यवस्थापन योजना तुरून्त तयार गरी कार्यान्वयन गर्न आव्हान गरिएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरूद्वारा खोटाङ जिल्ला, मजुवागढी नगरपालिका–२ स्थित जनजागृति विद्यालय सञ्चालन गर्ने सुभद्रा मदन(फाउण्डेशनमा भएको बाल यौन दुव्र्यवहार घटनाको सन्दर्भमा संयुक्त रूपमा गरेको स्थलगत अध्ययन प्रतिवेदन हिजो बैशाख ७ गते आइतवार राजधानीमा सार्वजनिक गर्दै त्यहाँका बालबालिकाको तत्काल उद्धार गर्नु पर्नेमा जोड दिएका हुन् ।

बालबालिका शान्ति क्षेत्र अभियान (सिजप) का अध्यक्ष राजेश शर्माले प्रतिवेदन सार्वजनिक गर्दै सो फाउण्डेशनका सञ्चालक मदन राई यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेको दसदिनसम्म पनि त्यहाँ आश्रित बालबालिकाको उद्धार नहुँदा बालबालिका जोखिममा पर्ने , बालबालिकालाई डर, लोभमा पार्ने सम्भावना रहेको, फाउण्डेशनले सञ्चालन गरेको आवासीय गृहमा बालश्रम लगायतका जोखिमयुक्त अवस्था रहेकोले बालबालिका अनुकुलको अनुसन्धान, अभियोजनको लागि पहल गर्नुपर्ने देखिएको बताउनु भयो ।

त्यसै गरी विद्यालय परिसर मै होमस्टे, क्याफे सञ्चालनमा रहेकोले यौन दुव्र्यवहारको घटनामा अनुसन्धान चलुन्जेल केही समयको लागि बाहिरको मानिस आवागमन हुने होमस्टे र क्याफे बन्द गर्नु पर्ने, विद्यालयले सञ्चालन गरेको आवासीय गृहलाई राज्यले तोकेको मापदण्ड अनुसार दर्ता गरी कानुनी दायरामा ल्याउनु पर्ने, विद्यालय सञ्चालनका मापदण्ड पुरा गरी आवश्यक जनशक्तिको व्यवस्थापनसहित सञ्चालन गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ ।

सिजपका अध्यक्ष शर्माले बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, इन्सेक, बालहेल्पलाइन विराटनगर लगायतको सहकार्यमा घटनाका प्रत्यक्षदर्शी बालबालिका, फाउण्डेशनले सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, स्थानीय समुदायसँगको अन्तरवार्ता मार्फत जुटाईएको तथ्यहरूबाट ललितपुर जिल्लामा दर्ता गरेको सुभम फाउण्डेशनले “ज्ञान र सीप सँगसगै” नारा सहित विगत नौ वर्षदेखि व्यवस्थापन तथा सञ्चालन गर्दै आएको स्कुलमा अध्ययनरत बालबालिकालाई त्यहाँको होमस्टे र क्याफेमा वाध्यकारी श्रममा संलग्न गराएको, बालबालिकालाई यौन शिक्षाको नाममा अश्लिल शब्द प्रयोग गर्ने र अपशब्द बोल्ने गरेको, विद्यालयको प्रार्थना सभामै मदन राई नग्न हुने, बालबालिकालाई यौजनजन्य क्रियाकलाप गराउने र सहरी शिक्षा शीर्षकमा ललितपुरमा रहेको राईको घरमा ल्याएर किशोरीहरूलाई मसाज समेत गराउने गरेको पाइएको बताउनु भयो ।

कार्यक्रममा बालअधिकारकर्मी तारक धितालले बालबालिकाको शिक्षा र आवासीय सुविधा दिने संस्थाका सञ्चालकले गलत काम गर्दा यस अघि पनि राज्यले तत्काल हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै सुभम फाउण्डेसनले सञ्चालन गरेको जनजागृति विद्यालयमा अध्ययनरत बालबालिकाको सुरक्षित भविष्यका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । सो विद्यालयका अनुसार विभिन्न ५० जिल्लाका १०१ जना बालबालिका अध्ययनरत छन् ।

Previous Post

गणतन्त्र स्थापनापछि गुणात्मक उपलब्धि हासिल भएको छ : सञ्चारमन्त्री शर्मा

Next Post

मन्थलीको लक्ष्मी आलय स्टोर्सलाई २ लाख जरिवाना

Next Post
मन्थलीको लक्ष्मी आलय स्टोर्सलाई २ लाख जरिवाना

मन्थलीको लक्ष्मी आलय स्टोर्सलाई २ लाख जरिवाना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

  • Home

© 2023 DobhanchaurKhabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार