Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शताब्दीऔँ अघिको तनहुँको ढोरदरबार पर्यटनसँग जोडिदै

दोभानचौर खबर by दोभानचौर खबर
June 11, 2023
in समाचार
0
शताब्दीऔँ अघिको तनहुँको ढोरदरबार पर्यटनसँग जोडिदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासुदेव पौडेल, गण्डकी । नेपालका बाइसे तथा चौबिसे राजाको पालका दरबारमध्येको एक हो तनहुँको ढोरमूलकोट दरबार । विसं १५१० मा स्थापना भएको ढोर राज्य र त्यसको दरबारका केही निशानी अझै पनि यहाँ सुरक्षित छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मा रहेको यस दरबारलाई पछिल्लो समय संरक्षणसँगै पर्यटकीयरुपमा उपयोग गर्ने लक्ष्य लिइएको छ ।

दरबारलाई मध्यपहाडी क्षेत्रको नेपालकै पहिलो पदयात्रा मार्ग स्रहशताब्दी पदमार्ग (मिलेनियम ट्रेक)सँग जोड्दै यसलाई ऐतिहासिक गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ संरक्षण एवं पूर्वाधार निर्माणमा जोड दिइएको ढोरदरबार संरक्षण एवं पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाडले बताए ।

नेपालका बाइसे तथा चौबिसे राजाका समयमा पहिलो राजा कृति खाड र अन्य राजाले राज्य गरेको ढोर राज्य विसं १८३७ मा गोरखा राज्यमा विलय भएको थियो । अहिले पनि यस दरबारमा तत्कालीन समयका भग्नावशेष पाइन्छ । दरबार, गढी, त्यहाँस्थित शक्तिपीठ, देउती बज्यैको थान, जेल घर, टक्सार घर, रानीकुवा आदिको भग्नावशेष तत्कालीन समयको दरबारका जीवन्त अवशेष हुन् ।

पुरातत्व विभागको सहयोगमा दरबार संरक्षणको प्रयाससँगै दरबार परिसरलाई व्यवस्थित गर्ने काम भइरहेको उनले बताए । दरबार क्षेत्रको संरक्षणका लागि परिसरमा तारबार गरिएको छ । दरबार हेर्न आउने पर्यटकलाई लक्ष्य गरी नजिकैको रजस्थल गाउँमा रजस्थल सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको रजस्थल सामुदायिक होमस्टे सञ्चालक समितिका सचिव डिलश्री गुरुङले जानकारी दिए ।

“होमस्टेमा प्रत्येक दिन ५० जनासम्म पर्यटक राख्नसक्ने व्यवस्था छ”, उनले भने, “फाट्टफुट्ट पर्यटक आउने गरे पनि अपेक्षितरूपमा उनीहरूको आगमन बढाउन सकेका छैनौँ । पछिल्लो समयमा गाउँबाट बढ्दो बसाइँसराइका कारण पनि होमस्टेलाई व्यवस्थित सञ्चालन गर्न पनि जनशक्ति अभाव चुनौतीका रुपमा देखिएको छ।”

कोरोनाफैलिएका बेलामा सहर बजार लकडाउनका कारण ठप्प हुँदा ढोरदरबार क्षेत्रमा दैनिक ठूलो सङ्ख्यामा मानिस घुम्न आउने गरेको स्थानीयवासीको भनाइ थियो। ढोरदरबार तनहुँको दुलेगौँडाबाट सवारी साधनमार्फत आउन सकिन्छ ।

पछिल्ला समयमा रजस्थलसम्म जीप आउन थालेकोे र त्यहाँबाट १०/१५ मिनेटकै दूरीमा दरबार क्षेत्र पुग्न सकिन्छ । दरबार क्षेत्रबाट नाङ्गो आँखाले धवलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ ।

हिमाली दृश्यका साथै उत्तरतर्फ कास्कीको भरतपोखरीको कोटभैरव, हुँडिकोट, बर पाण्डेथुम, निर्मल पोखरी बरसाम्मी र तलको सुरौदी फाँटको मनोरम दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ भने दक्षिततर्फ नवलपुरको देबचुली, बरचुली, तलतिर देखिने मान्द्रे, फिर्दी फाँट आदिको रमणीय दृश्य पनि यहाँबाट अवलोकन गर्न सकिन्छ ।

दुलेगौँडाबाट सेती नदी किनाराको रक गार्डेन हुँदै हाइकिङ गरी करिब चार पाँच घण्टाको हिँडाइमा दरबार पुग्न सकिने भएकोले एक दिने हाइकिङका लागि पनि यो उपयुक्त गन्तव्य रहेको स्थानीयवासीले बताए। दरबारलाई अझै व्यवस्थित गरी मिलेनियम ट्रेकमा आउने पर्यटकको सङ्ख्या बढाउन सकेमा होमस्टे सञ्चालन पनि त्यहीरुपमा अघि बढाउने अपेक्षा गरिएको छ।

समितिले होमस्टेमा आउने पर्यटकका लागि दुई छाक खाजा तथा एक छाक खाना र सुत्ने विस्तारासहित एक हजारको प्याकेज निर्धारण गरेको छ । आगन्तुक पर्यटकलाई सकेसम्म स्थानीयरूपमा उत्पादित वस्तु नै खुवाउने गरिएको होमस्टे सञ्चालक समितिका गङ्गाकुमारी मल्लले बताइन् ।

रजस्थलमा हाल १० घरमा घरवास कार्यक्रम सञ्चालन गरिएको छ । घरबासलाई व्यवस्थित सञ्चालनका लागि आफूहरूलाई तालिमलगायत सहयोगको खाँचो रहेको उनको भनाइ थियो । कच्ची बाटोका कारण पनि पर्यटकको आगमन बढ्न नसकेको बताउँदै सञ्चालक मल्लले बाटोलाई यथासक्य चाँडो स्तरोन्नती एवं कालोपत्र गर्नुपर्नेमा जोड दिइन् ।

“पर्यटकको संख्या बढ्दै गएमा होमस्टेलाई पनि व्यवस्थित गर्दै यही नै रोजगारीका अवसर सिर्जना गर्न सकिन्थ्यो”, उनले भनिन्, “युवा शक्ति दिनदिनै गाउँ छोड्दा बस्ती उजाड बनिरहेको अवस्थालाई पनि गम्भीरताका साथ लिनु अपरिहार्य छ ।”

शताव्दीऔँ पुरानो ऐतिहासिक महत्वको ढोरमूलकोट दरबार संरक्षण गरी यसको प्रवर्द्धन गर्न सकेमा बर्सेनि रित्तिदै गएका बस्तीमा मानिस फर्किएर पुनः भरिभराउ हुने विश्वास लिइएको मिलेनयम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए ।

दरबारलाई मिलेनियम ट्रेकको नक्सामा समावेश गरिएको बताउँदै उहाँले यस पदमार्गमा आउने पर्यटकलाई दरबार अवलोकन गराउँदै नजिकै रहेको रजस्थल सामुदायिक होमस्टेमा बस्ने व्यवस्था मिलाउन सकिने जानकारी दिए ।समितिले पदमार्ग क्षेत्रका ऐतिहासिक मन्दिर, गुफा आदिको संरक्षण एवं प्रवर्द्धनमा जोड दिएको उनले बताए ।

Previous Post

साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान हुने

Next Post

बजेट अवास्तविक छ भन्नेकुरालाई मनमा लागे पनि होइन भनेर भन्नुपर्ने स्थिति हुन्छः महामन्त्री थापा

RelatedPosts

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
समाचार

बीपी राजमार्ग अझै अवरुद्ध; डाइभर्सन बग्दा यातायात ठप्प,वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

April 26, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने
समाचार

कर छुट नपाए विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिने यातायात व्यवसायीको चेतावनी

April 23, 2026
Next Post
बजेट अवास्तविक छ भन्नेकुरालाई मनमा लागे पनि होइन भनेर भन्नुपर्ने स्थिति हुन्छः महामन्त्री थापा

बजेट अवास्तविक छ भन्नेकुरालाई मनमा लागे पनि होइन भनेर भन्नुपर्ने स्थिति हुन्छः महामन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार