रामेछाप: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, रामेछाप तदर्थ समितिको आयोजनामा प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ। कार्यक्रम २०८३ साल असार २७ गते शनिबार मन्थली नगरपालिका–१ स्थित तिनलाल पार्क, रामेछाप मा आयोजना गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा देश तथा विदेशका चर्चित तथा ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने बताइएको छ। आयोजकका अनुसार कार्यक्रमलाई भव्य र सभ्य बनाउन जिल्लावासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण लोकसंगीतप्रेमी महानुभावहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ।
कार्यक्रममा दुर्गा रायमाझी, प्रजापति पराजुली, बद्री पंगेनी, रिता थापा, पशुपति शर्मा, सुवास केसी, दिपक खड्का, राधिका हमाल, सीता थापा, कृष्ण रेउले, शिव हमाल, जुना शिरीष, देवी घर्ती, दिनेश काफ्ले, रामकुमार नेपाली, उषा सुवेदी, भरत बराकोटी र कुमार पुन लगायत कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, रामेछाप तदर्थ समितिले लोकसंगीतको संरक्षण, प्रवर्द्धन र कलाकारहरूको सम्मानका लागि कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ।






