Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भ्रष्टाचारविरूद्धको अनुसन्धानले थप तीव्रता पाउँछः प्रधानमन्त्री

दोभानचौर खबर by दोभानचौर खबर
July 1, 2023
in समाचार
0
भ्रष्टाचारविरूद्धको अनुसन्धानले थप तीव्रता पाउँछः प्रधानमन्त्री
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भने, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।’

भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउँदै उनले भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको भन्दै प्रधानमन्त्रीले थप तीव्रताका साथ अघि बढ्ने बताए ।

बजेट पास होला कि नहोला भन्ने तरङ्ग रहेको भन्दै उनले विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको बताए ।

उनले भने, ‘यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।’

अर्थतन्त्र धरासायी बढी नै हुन्छ कि भन्ने रहेका अवस्थामा यो बिस्तारै लयमा फर्किएको उनले बताए । यसपटकको भारत भ्रमण ऐतिहासक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएको बताए ।

‘भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्’, उनले भने ।

पारवाहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय भएको र विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा नभएको बताउँदै उनले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएको बताए । यसबाट विद्युत् व्यापार पनि बढ्ने र लगानीको ढोका पनि खुल्ने बताउँदै यो आउने पिँढीले पनि सम्झिरहने काम भएको उल्लेख गरे ।

राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले छिट्टै चीनको भ्रमणको तयारी भएको जानकारी गराए । चीनमा पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुने उनले बताए ।

एयर रूटका लागि भारतसँग कुरा गरिएको र छिट्टै त्यो निष्कर्षमा पुग्ने भन्दै उनले चीन जाँदा पनि यो विषयमा छलफल हुने बताए । भ्रष्टाचारका सम्बन्धमा प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान गरिरहेको र प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको भन्दै उनले यो प्रक्रिया अगाडि बढिरहेको छ र निरन्तर अगाडि जाने बताए ।

पोखरामा हिजो सम्पन्न प्रदेशका मुख्यमन्त्रीको गम्भीर छलफलपछि सङ्घीय सरकारका लागि ध्यानाकर्षण गर्न साझा धारणा आएको र त्यो दूरगामी महत्वको रहेको उनले बताए ।

त्यस्तै आज सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले सर्वसम्मत केही महत्वपूर्ण निर्णय गरेको भन्दै उनले त्यसले संविधान कार्यान्वयनमा देखापरेका कतिपय समस्यालाई सम्बोधन गर्ने काम गरेको बताए । तीनवटै सरकारको बीचमा समन्वय गर्न र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन बैठकका निर्णय दूरगामी महत्वको रहेको उनले बताए ।

Previous Post

आफू बदलिएर देश बदल्ने अभियानमा कांग्रेस जुटनुपर्छः महामन्त्री थापा

Next Post

संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा : अध्यक्ष नेपाल

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा : अध्यक्ष नेपाल

संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा : अध्यक्ष नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार