Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रहरी अनुसन्धानबाट पनि अडियो झुट भएको प्रमाणित भयोः सांसद राणा

दोभानचौर खबर by दोभानचौर खबर
July 10, 2023
in समाचार
0
प्रहरी अनुसन्धानबाट पनि अडियो झुट भएको प्रमाणित भयोः सांसद राणा
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताएकी छन् ।
उक्त अडियोको अनुसन्धान गर्न उनले प्रहरीमा दिएको उजुरीको छानविनबाट पनि सो प्रमाणित भएको उनको भनाइ छ ।

उक्त अडियो संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग डा राणा र मञ्जु खाँडलाई रकम बुझाएको बताएका थिए । त्यो आवाज हाल अनुुसन्धानमा रहेका दाङका सन्देश शर्माकै भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सो अडियोको छानविन गर्न डा राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । आफूलाई जोडेर ‘फेक अडियो’ बद्नियतपूर्णरुपमा रेकर्ड गराइएको भन्दै सो अडियो कसले बनाएको हो र सामाजिक सञ्जालमा कसले राखेको हो भन्ने विषयको अनुसन्धान गरी दोषीमाथि कारबाही गरिपाउँ भन्दै उहाँले गत वैशाख २७ मा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा अनुसन्धान गरेको प्रहरीले सो आवाज शरणार्थी प्रकरणका आरोपी सन्देश शर्माको आवाजको ‘स्याम्पल’सँग मेल खाएको जानकारी आइतबार गराएको छ ।

त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्नेबारेमा भने टिकटक सिङ्गापुरसँग जानकारी मागेको तर प्राप्त नभएको पनि नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।

उता थुनमा रहेका अभियुक्त शर्माले गत वैशाख ४ गते नेपाल प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ । तर आरजु राणाको नाम लिइएको सो अडियो बयानपछि मात्रै सार्वजनिक भएको थियो । त्यसपछि डा राणाले अनुसन्धानका लागि प्रहरीसमक्ष उजुरी दिएको बताइन् ।

उक्त निवेदनबारे गरेको अनुसन्धानमा सिआइबीले फोनमा बोल्ने सन्देश शर्माले बयानमा दिएअनुसार आफूलाई अनुकूल हुनेगरी मात्रै नाम लिएको तर डा राणालाई आफूले नचिनेको र यो काण्डमा उनको सम्बन्ध रहेको बारेमा आफूलाई थाहा नभएको बताएका थिए ।

अभियुक्त सन्देश शर्माले काठमाडौँ जिल्ला अदालतमा दिएको बयानमा पैसा लिएका मानिसका कारण आफू समस्यामा परेकाले जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले आरजु देउवा तथा बालकृष्ण खाँड र मञ्जु खाँडकोसमेत नाम लिई मैले रकम बुझाएको हो भन्नु भनेअनुसार नै उनीहरुको नाम लिएको र आफूहरुले यस प्रकरणमा उनीहरुलाई नचिन्ने बयान दिएका थिए ।

प्रहरी अनुसन्धानबाट सो आवाज शर्मासँग मिलेको भए पनि आफूलाई लेनदेनका बारेमा केही थाहा नभएको भन्दै सांसद डा राणाले  अडियो नै बद्नियतपूर्णरुपमा आफूलाई यस मुद्दामा जबर्जस्ती तान्न गरिएको षड्यन्त्र भएको बताइन् ।

उनले भनिन्, “पहिले नै सो व्यक्तिले काठमाडौँ जिल्ला अदालतमा दिएको बयानमा आफूले आरजुलाई नचिनेको र नचिनेका व्यक्तिलाई कसरी पैसा दिनु भनेको कुरा स्पष्टरुपमा बाहिर आइसकेकाले यो अडियो जसले बनाएको वा सामाजिक सञ्जालमा राखेको भए पनि मलाई विवादमा ल्याउनका लागि रचिएको हो, यसमा मेरो कुनै पनि संलग्नता छैन ।”

Previous Post

वान एक्स बेट प्रकरण:बल्छी ध्रुब्रेसहितका कलाकारविरुद्ध मुद्दा दर्ता,६५ करोड बिगो दाबी

Next Post

भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई हाम्रो साथ रहन्छ : सभापति लामिछाने

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई हाम्रो साथ रहन्छ : सभापति लामिछाने

भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई हाम्रो साथ रहन्छ : सभापति लामिछाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार