Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बाँदर रुँगेरै अन्न जोगाउँछन् रामेछापका सुनारपानीवासी

दोभानचौर खबर by दोभानचौर खबर
September 6, 2023
in समाचार
0
बाँदर रुँगेरै अन्न जोगाउँछन् रामेछापका सुनारपानीवासी
14
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

मन्थली । स्थानीय जयराम कार्कीले हरेक दिन लौरो बोकेर बारी कान्लाको डिलमा बाँदर रुँगेर यस वर्षको मकै पकाए । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका ८९ वर्षीय कार्की यस अवस्थामा पनि दैनिक लौरो लिएर बारीका डिलमा बस्नुपर्ने बाध्यता छ । उनी बाँदर धपाएर अन्न जोगाउनका लागि दैनिक बारीको कान्लामा बस्दै आउएका छन् ।

आफूले वर्षौंदेखि बाँदरको अचाक्ली खेपिरहेको कार्कीले बताए । बाँदरले बारीमा फलेका अन्न बाली भित्र्याउन नदिएपछि उनले जुक्ति निकालेर बाँदरले नखाने खेती गर्न थालेका छ । मकै, कोदो र फापरजस्ता अन्नबाली छरेर नभित्र्याउन्जेल बारीमा र भित्र्याएपछि पनि घरमै आएर बाँदरले दुःख दिने गरेको कार्कीले बताए। केही जग्गामा कागती र बाँदरले नहेर्ने सुगन्धित वनस्पति लगाएको जनाउँदै बाँकी जग्गामा घाँसको बीउ छरिदिएको उनको भनाइ थियो ।

कार्कीका अनुसार धेरैले बाँदरकै पीरले जग्गा बाँझो राखेका छन् । गाउँमा रहेको उत्पादनयोग्य जमिनमा अहिले खाने अन्न हैन, घाँस हुर्किरहेको उनले बताए । जग्गा बाँझिएपछि स्थानीयले नजिकैको मन्थली बजार पुगेर अन्न किन्ने गरेका छन् ।

“यसअघि प्रतिभारी पाँच सयमा मकै किनेर ल्याएको थिए । गाईवस्तुलाई खोले बनाएर खुवाउनका लागि मकै अनिवार्य हो”, कार्कीले भने, “आफ्नो बारीमा पर्याप्त मकै उत्पादन गर्न बाँदरकै कारण नसकेपछि बाहिरबाट खरिद गरेर ल्याउनु परेको हो ।”

सुनारपानीमा बाँदरको सास्ती पाउने कार्की टोलमात्र हैन । सार्की, भ्यागुरे, तल्लो स्कुल, मचबारी, जुकेपानी, माथिल्लो कार्की टोलमा पनि उत्तिकै आतङ्क छ । केही वर्षअघि बाँदर नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुगेर निवेदन दिएका यहाँका स्थानीयको समस्या अहिले पनि उस्तै छ । निवेदनका बारेमा कुनै सुनुवाइ नभएको स्थानीय बताउँछन् ।

केही वर्षअघि महावीर पुनले आविष्कार गरेको बाँदर धपाउने बन्दुक सुनारपानीमा ल्याइएको छ । स्थानीयवासी बाँदर भगाउन उक्त बन्दुक पड्काउँछन्  तर बाँदरले बन्दुकलाई  टेर्दैनन् । “बन्दुक पड्काउँदा केही पर जान्छन् फेरि आइहाल्छन्”, स्थानीय डम्बरकुमारी कार्कीले भने, “मकै हुर्कने सिजनमा हाम्रो बास घरमा हुँदैन, बारीमा हुन्छ ।”

सुनारपानी हुँदै सालुतर्फ जाने सडकको डिलमा बाँदर रुँग्नका लागि बाक्लै मचान बनाइएका छन् । त्यही मचानमा गाउँलेहरु जम्मा भएर बाँदरको निगरानी गर्छन् । “मकै भित्र्याएपछि बाँदर रुँग्न बनाइएका मचान हटाइन्छ र अर्को वर्ष फेरि बनाइन्छ”, डम्बरकुमारीले भने, “कुनै कुनैलाई भने अर्को वर्ष काम लाग्ने भए नभत्काई राखिएको हुन्छ ।” उनका अनुसार गाउँमा रहेका केही कुकुर पनि बाँदरदेखि भाग्न थालेका छन् ।

सुनारपानीमा ठूलो सल्लाघारी छ । त्यही सल्लाघारीमा राति बास बस्ने बाँदर बिहान उज्यालो हुनासाथ गाउँ पस्ने स्थानीयको भनाइ छ । साँझ परेपछि भने बाँदर नआउने भएकाले राति रुँग्नु नपर्ने डम्बरकुमारीले बताए ।

“बारीको मकै पाकुन्जेल रुँगेर पनि जोगाइयो अब घरको कसरी जोगाउने होला ? सबैलाई यही चिन्ता छ । आँखा झिम्क्यो कि आइहाल्छन्,  स्थानीय कर्णबहादुर रम्तेलले भने, “छानाबाट पसेर एकै छिनमा सिक्की पार्छन् ।” उहाँका अनुसार गत वर्ष दुई जना स्थानीयलाई बाँदरले पिटेर घाइते बनाएको थियो ।

स्थानीय अस्पतालमा उपचार नभएपछि उनीहरुलाई काठमाडौँ लगेर उपचार गराएको मन्थली नगरपालिका–५ का वडाध्यक्ष रबिन कार्कीले जानकारी दिए । “किसानको अवस्था बिजोग छ, अहिले पनि मानिसको बास दिनभर जङ्गलकै छेउमा बाँदर रुग्नेमा हुन्छ । रामेछापको सुनारपानीमात्र हैन, बाँदरले दुःख दिने थुप्रै गाउँबस्ती छन्”, उनले भने, “यसअघि कहिल्यै बाँदर नलाग्ने गाउँमा पनि बाँदरको बिगबिगी बढेको छ ।”

गाउँमा मानिसहरु पातलिएका, बाँदरको सङ्ख्या बढेको र जङ्गलमा खानेकुराको अभाव भएपछि बाँदर गाउँमा पस्न थालेका मन्थली नगरपालिका–८ का स्थानीय मदनप्रसाद घिमिरेले बताए । रासस 

Tags: जोगाउँछन् रामेछापका सुनारपानीवासी
Previous Post

बालिका बलात्कारका अभियुक्तलाई १८ वर्ष कैद सजाय

Next Post

डेंगु संक्रमणबाट काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

RelatedPosts

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
समाचार

बीपी राजमार्ग अझै अवरुद्ध; डाइभर्सन बग्दा यातायात ठप्प,वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

April 26, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने
समाचार

कर छुट नपाए विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिने यातायात व्यवसायीको चेतावनी

April 23, 2026
मिथ्या समाचार फैलाए कारबाही हुने सरकारको चेतावनी
समाचार

मिथ्या समाचार फैलाए कारबाही हुने सरकारको चेतावनी

April 23, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
समाचार

A New Horizon for Manthali Municipality

April 22, 2026
Next Post
डेंगु संक्रमणबाट काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

डेंगु संक्रमणबाट काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार