Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

‘नगरमा नै पहिलो पटक,त्यही माथी गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा कार्यक्रम गर्न पाउँदा अत्यन्तै खुशी छु’:वडाध्यक्ष घिमिरे

दोभानचौर खबर by दोभानचौर खबर
September 23, 2023
in समाचार
0
‘नगरमा नै पहिलो पटक,त्यही माथी गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा कार्यक्रम गर्न पाउँदा अत्यन्तै खुशी छु’:वडाध्यक्ष घिमिरे
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित गोदावरीमा वडास्तरिय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार वडा नम्बर तीनको आयोजनामा विद्यार्थीहरूको लागि शैक्षिक केन्द्र, सर्वसाधारणका लागि मनोरञ्जन स्थल मात्रै नभएर वैज्ञानिकहरूका लागि समेत प्राकृतिक अनुसन्धानको प्रयोगशालाका रुपमा परिचित राष्ट्रिय वनस्पति उद्यानमा भएको उक्त प्रतियोगिता दुई चरणमा आयोजना गरिएको थियो । आठवटा संस्थागत र दुई वटा सामुदायीक विद्यालयका विद्यार्थी सहभागीहरुलाई दुई वर्गमा विभाजन गरिएको थियो । चित्रकला प्रतियोगिता समूह क कक्षा १–५ र समूह ख कक्षा ६–१० का लागि हाम्रो गोदावरी शीर्षक दिइएको थियो ।

प्रतियोगितामा ३६ जना विद्यार्थीहरुले करिव तीन घण्टाको समयावधिमा वडाका विभिन्न विषयमा चित्र बनाएका थिए ।  जसमा समूह क बाट प्रनिशा तामाङले प्रथम, स्रुती भट्टले द्वितीय, अंकित गोतामले तृतीय र प्रिया लामाले प्रोत्साहन पुरस्कार प्राप्त गरे । यस्तै, समूह ख बाट कामना भण्डारीले प्रथम, राजु तामाङलेले द्वितीय, युनिसा तामाङले तृतीय र राजेस मिजारले प्रोत्साहन पुरस्कार प्राप्त गरे ।   

उक्त कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कारस्वरुप गिफ्ट, मेडल र प्रमाण पत्र उपलब्ध गराइएको थियो । चित्रकलाको निर्णायकमा चित्रकार अजय देशार र सेतु मास्के थिईन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालीकाका शिक्षा शाखा प्रमुख दिनानाथ पन्थीले कलालाई निरन्तर साधना गर्नसक्ने हो भने व्यक्तित्व विकास र जीवन भोगाइमा निकै सफल कार्य गर्ने सकिने बताए। कला संस्कृतिलाई जीवन्त राख्‍ने यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्नुपर्ने उनको भनाइ थियो।

यस्तै, वडाध्यक्ष घिमिरेले विद्यालयले कला क्षेत्रलाई प्राथमिकतामा राखेर अध्ययन अध्यापन गराउनु निकै प्रशंसनीय कार्य भएको बताउँदै आगामी दिनमा आफुले संस्थागत र सामुदायीक विद्यालयहरुलाई समेटेर अन्य थुप्रै कार्यक्रमहरु गर्ने उद्घोष गरे । यस्ता कार्यक्रमले विद्यार्थीहरुमा भएको कलाको विकास र सम्बर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । नेपालकै सबैभन्दा ठूलो र पुरानो वनस्पति उद्यानमा यसरी चित्रकला प्रतियोगिता कार्यक्रम गर्न पाउँदा आफु अत्यन्तै खुशी भएको समेत उनले बताए ।

विसं २०१९ सालमा तत्कालीन राजा महेन्द्रबाट उद्घाटन गरिएको यस उद्यानको २०६३ असार १९ गते वनस्पति उद्यानका रुपमा नामकरण गरिएको थियो । यहाँ विशेषगरी चिलाउने, कटुस, लालीगुराँस उत्तीसका रुखहरु तथा  फुल्ने र नफूल्ने वनस्पति पाइन्छ । यस उद्यानमा आर्बोरेटम, जैविक विविधता शिक्षा बाटिका, उन्युँ बाटिका, जडीबुटी बाटिका, बिरुवा प्रजनन् घर, मौसमी फूल बिरुवाको प्लट, उष्ण प्रदेशीय घर, श्रीपेच पोखरी तथा अति विशिष्ठ महानुभावहरुको वृक्षारोपण क्षेत्र नेपालेन्सिस जस्त ३० वटा विभिन्न विषयगत बाटिकाहरु रहेका छन् ।

यस वनस्पति उद्यान नेपालको प्रमुख वनस्पति संरक्षण, शिक्षा, अनुसन्धान, प्रदर्शन तथा मनोरञ्जनको केन्द्रका रुपमा परिचित छ । 

Previous Post

तामाङ भाषाको चलचित्र “मायाला घ्रान”को टिजर र दुई वटा गीत एकै साथ सार्वजनिक

Next Post

नेपाल खेलकुद महासंघ रामेछाप बाट घिसिङको राजीनामा

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
नेपाल खेलकुद महासंघ रामेछाप बाट घिसिङको राजीनामा

नेपाल खेलकुद महासंघ रामेछाप बाट घिसिङको राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार