Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बाल सचेतना केन्द्र नेपालको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
September 24, 2023
in दाेभानचाैर आज
0
9
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बाल सचेतना केन्द्र नेपालको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार काठमाडौं महानगरपालिका बौद्ध ६ महाँकालस्थित शान्तिनगर उपभोक्ता समितिको सभा हलमा केन्द्रको साधारणसभा सम्पन्न भएको हो ।

स्थापना कालदेखि नै महिला तथा बालबालिकासम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको संस्थाले आफ्नो १२ औँ वार्षिक साधारण सभा तथा ४४ औं सामाजिक सेवा दिवसका अवसरमा एक दर्जन भन्दा बढीलाई जेष्ठ नागरिक सम्मान, पाँच जना बालबालिका र एक जना फरक क्षमता भएका बालकलाई सहयोग तथा सम्मान गरेको थियो । कार्यक्रममा कलाकार एवं समाजसेवी मदनदास श्रेष्ठ, तुलसीनारायण खम्हु श्रेष्ठ, सुवर्ण केशरी चित्रकार, यज्ञकुमार प्रधान, जीतमाया महर्जन लगायत जेष्ठ नागरिकहरुलाई दोसल्ला ओडाएर सम्मान पत्रले सम्मान गरिएको थियो । केन्द्रका अध्यक्ष बाबुराम फुयालको सभापतित्वमा भएको उक्त साधारण सभा कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी रहेका थिए ।

कार्यक्रममा केन्द्रका सचिव बुद्धिमान लिम्बुले संस्थाका संस्थागत प्रगति प्रस्तुत गर्दै संस्थाको उद्देश्य, साझेदारी सस्था संगको समन्वय र सहकार्यको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी, अध्यक्ष फुयालले परियोजनाको प्रस्तुती करण गर्दै कार्यक्रम कार्यान्वयनको अवस्था, कार्यक्रम सञ्चालन गर्दा देखिएका चुनौती, तथा आगामी चालु आर्थिक बर्षमा गरिने कार्यक्रमका बारेमा तयार पारिएको कार्यक्रम प्रस्तुत गरेका थिए भने संस्थाकी कोषाध्यक्ष शर्मिला उप्रतीले लेखा परिक्षण तथा अनुमानित आगामी आर्थिक बर्षको बजेट तथा योजनाका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।

नगरप्रमुख अधिकारीले बालसचेतना केन्द्रले समाजमा उदाहरणीय कार्य गरेको भन्दै आगामी दिनमा पनि यस्तै कार्य गर्दै अगाडि बढ्न सुझाव दिए । बालबालिका र वृद्धवृद्धालाई सम्मान र माया गर्ने मानिस मात्रै मानिस हुन सक्ने बताएका उनले आफ्नो कार्यकालमा नगरपालिका भित्र रहेका जेष्ठ आमा बुबाहरु र बालबालिकाहरुका लागि विशेष योजनाका साथ कार्यक्रमहरु ल्याउनुका साथै आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

यस्तै, कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराईले केन्द्रले समाजमा स्वागतयोग्य कार्य गरेको भन्दै आगामी दिनमा पनि यस्तै कार्य गर्दै अगाडि बढ्न सुझाव दिएका थिए । उनले जेष्ठनागरिक, सानो बालबालिका र फरक क्षमता भएका बालबालिकालाई पनि केन्द्रले सम्मान गरेकोमा अध्यक्ष फुयाललाई धन्यवाद व्यक्त गरे । त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्ण कुमार लामा, कलाकार मदनदास क्षेष्ठ, सभ्य समाजकी अध्यक्ष कमला कार्कीलगायतले बाल सचेतना केन्द्र एक अग्रणी सामाजिक संस्था रहेको भन्दै संस्थाले गरेको सेवाको प्रशंसा गरेका थिए ।

साथै, कार्यक्रममा आ आफ्नो क्षेत्रबाट सहयोग पुर्याएको भन्दै केही पत्रकार, समाजसेवी र उपस्थित अतिथिहरुलाई सम्मान, मायाको चिनो प्रदान गर्नुका साथै संंस्थाका आजिवन सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो ।

सम्मानित जेष्ठ नागरिक, बालबालिकाहरुले आफुहरुलाई सम्मान गरेकोमा केन्द्रलाई धन्यावाद व्यक्त गर्दै आफुहरु खुशी भएको बताएका थिए । त्यस्तै बाल सचेतना केन्द्रले भने आगामी वर्षहरुमा पनि यस्ता खाले कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बताएको छ ।

केन्द्रका उपाध्यक्ष नारायण अधिकारीले संचालन गरेको कार्यक्रममा सदस्य अभि लेखराज उप्रेतीले उपस्थित सम्पूर्ण सदस्य, अतिथि लगायतका महानुभावहरूलाई स्वागत मन्तव्यले सम्वोधन गरेका थिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नवराज लामा, संयुक्त अपांङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिल बहादुर कार्की, वरिष्ठ साहित्यका एवं कवि डा.विप्लव ढकाल, प्रेमपूर्णप्रताप फाउन्डेसनकी अध्यक्ष शान्ति श्रेष्ठ, शान्ति नगर उपभोक्त समितिकी अध्यक्ष शोभा खरेल, कानुनि सल्लाहकार दिलेन्द्र ढकाल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवि, संस्थाका आजिवन सदस्य, सल्लाहकार सदस्य लगाएत पत्रकारहरुको उपस्थित रहेको थियो ।

Previous Post

नेपाल खेलकुद महासंघ रामेछाप बाट घिसिङको राजीनामा

Next Post

टानको कानुनी सल्लाहाकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त

RelatedPosts

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
Next Post

टानको कानुनी सल्लाहाकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार