Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सूचक प्रकाशनको १५ औँ वार्षिकोत्सव :विभिन्न क्षेत्रका १० जना व्यक्तित्व सम्मानित

दोभानचौर खबर by दोभानचौर खबर
September 28, 2023
in समाचार
0
सूचक प्रकाशनको १५ औँ वार्षिकोत्सव :विभिन्न क्षेत्रका १० जना व्यक्तित्व सम्मानित
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सूचक प्रकाशनको १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार तथा सूचक सम्मान समर्पण समारोह –२०८०’ सम्पन्न भएको छ ।

बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रेक्षालयमा सम्पन्न कार्यक्रममा साहित्यकारहरू,पत्रकार, स्वास्थ्यसेवी र समाजसेवीहरुलाई क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार तथा सूचक सम्मान समर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सूचक प्रकाशनका आजिवन सदस्य साहित्यकार हिरण्यकुमारी पाठक र सूचक प्रकासनका अध्यक्ष भेटवाल लगायतले श्रष्ठाहरुलाई दोसल्ला ओडाएर प्रमाण पत्रले सम्मान गरेका थिए ।

सम्मानित हुनेमा समाजसेवी हेमन्त कुमार कार्की, साहित्यकार इल्या भट्टराई, नेत्र अनुसन्धान विज्ञ डा।सिद्धार्थ रन्जित, पत्रकार राजेश खनाल, साहित्यकारहरु रेणुका सोलु, गीता कार्की,ज्ञानु अधिकारी, सपना लामिछाने, लीलादेवी श्रेष्ठ र वसन्त नकर्मी रहेका छन् । जसमध्ये, साहित्यकार इल्या भट्टराई र बाह्र खरीका पत्रकार राजेश खनाललाई वरिष्ठ पाइलट रतन बहादुर लामिछानेको स्मृतिमा स्थापना गरिएको क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार प्रदान गरिएको सूचक प्रकासनका अध्यक्ष भेटुवालले जानकारी दिए ।

प्रज्ञा प्रतिष्ठानका कुलपति राईले साहित्यकार, समाजसेवी, पत्रकारलाई एकैथलोमा एकसाथ सम्मान गर्ने सूचक प्रकाशनलाई धन्यवाद व्यक्त गर्दै सुचकले गर्दै आएको कामहरु अत्यन्तै राम्रो भएको बताए । कुलपति राईले कला र साहित्यलाई जगेर्न गर्ने प्रयास गरेकोमा आयोजकलाई धन्यबाद समेत दिए । नेपाल जस्तो पितृसत्तात्मक मुलुकमा सूचक प्रकासनले अत्याधिक महिला श्रष्ठाहरुलाई सम्मानित गरेर अनुकरणिय कार्य गरेको समेत उनले बताए । नेपाली भाषा र साहित्यको विकासमा सूचक प्रकाशनले देखाएको सक्रियता र निरन्तरताप्रति खुशी प्रकट गर्दै उनले यस्ता गतिविधिले समाजलाई जिम्मेवार बनाउने धारणा समेत व्यक्त गरे ।

यस्तै, सूचक प्रकासनका अध्यक्ष भेटवालले पछिल्लो समयमा साहित्यलाई मनोरन्जनका रुपमा मात्रै नभएर साहित्यलाई व्यवसायीकरुपमा विकास भएकोमा आफूहरुलाई हौशला मिलेको धारणा व्यक्त गरे। उनले सूचक प्रकाशनको यात्रालाई आजको दिनसम्म लम्काउन विभिन्न माध्यमबाट सहयोग गर्ने सम्पूर्णमा सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेका छन् ।

सूचक प्रकाशनकी आजिवन सदस्य एवं साहित्यकार हिरण्यकुमारी पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भने कवि एवं गजलकार प्रकाश समीरले गरेका थिए । उक्त समारोहमा शिक्षाविद एवं समाजसेवी केदारनाथ श्रेष्ठ,बौद्ध उपासक एवं समाजसेवी पन्चविरसिंह तुलाधर,सूचक प्रकाशनका संरक्षक समाजसेवी कृष्ण बहादुर श्रेष्ठ, महिलाहरुको साहित्यिक संस्था गुन्जनको अध्यक्ष एवं साहित्यकार जलेश्वरी श्रेष्ठ, साहित्यकार, पत्रकार, कलाकार एवं विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो।

विगत १५ वर्षदेखि नेपाली कला, भाषा, संस्कृति, साहित्य र अध्यात्मको क्षेत्रमा क्रियाशील सूचक प्रकाशनले भगवान बुद्धको सम्यक शिक्षालाई स्वतन्त्र ढंगबाट जनमानसमा पुर्‍याउन सम्यक सन्देश नामक समानान्तर बौद्ध आध्यात्मिक पत्रिका प्रकाशन गर्दै आएको छ भने देशव्यापी रूपमा निस्शुल्क पुस्तक समेत वितरण गरिरहेको छ ।

Previous Post

९ औं विश्व स्कुल दुध दिवसको दिन सिन्धुलीको एक बिधालयमाले सम्पन्न गर्यो वतृत्वकता प्रतियोगिता

Next Post

तामाङ सेलो गीत ‘डम्फुहै बजाईदेउ च्याङबा’ सार्वजनिक

RelatedPosts

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त
समाचार

डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त

May 20, 2026
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा
समाचार

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

May 19, 2026
Next Post
तामाङ सेलो गीत ‘डम्फुहै बजाईदेउ च्याङबा’ सार्वजनिक

तामाङ सेलो गीत ‘डम्फुहै बजाईदेउ च्याङबा’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार