Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

समय,मन र सोच

दोभानचौर खबर by दोभानचौर खबर
February 16, 2024
in समाज
0
समय,मन र सोच
16
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

दिनेशराज पुरी, रामेछाप।

बिषय तिनै हुन्।हर्कत तिनै हुन्। ती सुरु सुरुमा ‘ मनोरन्जन’ ‘रोजिरोटी’ भैदिन्छन्। अनि अब यी दुबै नहुन थाल्छन्, ती स्वत: ‘यातना’ ‘दमन’ मा नामसारी हुन्छन्। समयले हरेक चीजको नाम बदल्दै बदल्दै जान्छ। जस्तो कि, ढुङ्गा तिनै हुन्, जो कुनै सामान्य गल्लीमा भेटिन्छन्, ती ढुङ्गामात्र हुन्छन्। ढुङ्गा तिनै हुन्, जो कालिगन्डकीको किनारमा भेटिन्छन्, ती शालिग्राम बन्छन्।
उमेर छिप्पेका तरून तन्नेरीहरुले तर्तरी आँसु बगाएर कसैले दिएको भनिएको ‘यातना’ बोल्न किन बर्षौँ कुर्छन्? किन रोकिन्छ आवाज? अनि फेरि रोकिएको आवाज किन आफ से आफ खुल्छ ऐले आएर ? किनकी त्यहाँ आफ्नो पनि स्वार्थ हुन्छ। उसोभए, आफ्नो स्वार्थ पूरा भएको दिन त्यो मज्जा र अब हुन्न, हुनुहुन्न लागेको दिन त्यो ‘अत्याचार’ किन हुन्छ? यो एउटा गम्भीर घिनको बिषय हो। आफैंले स्विकारेको कुरालाई सहनु पनि, पछि आएर ओकल्नु पनि दुइटै घिनलाग्दा हर्कत हुन्। एउटै मानिस, आफूले प्रेम गरेर, जिन्दगी नै उही भनेर, ऊ सँग नजिक हुन्जेल ऊ संसारको सबैभन्दा मायालु पात्र। फेरि त्यही मानिस, रहरले या करले, आफूसँग छुटेपछि ऊ संसारकै घृणित पात्र कसरी हुनसक्छ? यदि, त्यसो हुन्छ भने, त्यहाँ प्रेम हुँदैन।प्रेमको नाममा ‘स्वार्थ’ मात्र हुन्छ। प्रेम त भैरहन्छ-आफ्नो भए पनि नभए पनि।
हामीलाई बनाउने भगवान पनि कुनै कुनै बिन्दुमा ‘गल्ती’ गर्न पुग्छन्। भगवानका भगवानबाट नि गल्ती हुन्छ। कुरा यो हो कि, भक्तहरु भगवानको शरणमा आफूलाई निस्फिक्री किन छोड्छन्? र किन बर्षौपछि मात्र ढुङ्गा कुटिकुटी अपशब्द बोल्न थाल्छन् ? सराप्छन् ? किनकी-प्रत्येक ‘स्विकार’ भित्र ‘स्वार्थ’ को मिसावट हुन्छ। उसोभए, स्वार्थी, दोषी, नराम्रो किन एउटा मात्र ?जागिर कसैले थेगिदिने होइन।जागिर आफ्नो क्षमताले खाने हो। उसोभए, एउटा साहू, जागिर दिउन्जेल ‘दन्डवत’ को लायक हुने।अनि त्यही साहू, जागिर नदिएको एक सेकेन्डमा ‘क्रुर’ हुने ? क्षमता हुनेहरुले कसैको मुख ताक्दैन।जागिर सक्केको भोलिपल्ट अर्को जागिर खान्छ। एक क्षमताको लागि संसारमा एक मात्र ‘साहू’ छैन, जसले जागिर दिन्छ। तलब लिनु भनेको आफैंलाई दिनु होइन।आफ्नो क्षमता दिनु हो।
नोट:सिन्दुर बिहेकै दिन हाल्ने हो। दुई चार बर्ष कुरेर हाल्ने होइन।घन फलाम तातेकै बेला हान्ने हो। नत्र फलामले आफूअनुकूलको आकार पाउँदैन।यत्ति भनेर सिरानघरे बा तमाखु तान्न बेलडाँडातिर लागे। म काइँलीकाकीको घाँसको भारी घँचेट्दिएर, बाख्रा चराउन सुकाजोर खोलातिर लागें।

Previous Post

रामेछापको सेलेघाटमा टिपर सडकबाट पल्टियो, चालक माझीको मृत्यु

Next Post

नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायो

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना
समाज

हिरासतमा श्रीकृष्ण विकको मृत्यु : न्यायको माग गर्दै रास्वपा सांसदहरूको धर्ना

April 24, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
समाज

रामचन्द्र पौडेलद्वारा राम नवमीको अवसरमा एकता र सद्भाव सुदृढ बनाउन आह्वान

March 27, 2026
Next Post
क्यानडासँगको शृङ्खलामा नेपालको क्लिन स्वीप

नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार